Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधन नभएसम्म स्थानीय चुनाव असम्भवः देउवा

कांग्रेस नेतृत्वमा सरकार बनाउने समझदारी धरापमा पर्ने सिटौलाको आशंका

Sher-Bahadur-Deuba

काठमाडौं, भदौ ५ गते । नेपाली कांग्रेसका नेताहरुले प्रदेश सीमांकनको समस्या समाधान हुने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन् । आगामी कात्तिक महिनाभित्र स्थानीय चुनाव घोषणा नगरे वैशाख महिनामा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने भनेर माओवादीसँग भएको समझदारी धरापमा पर्ने उनीहरुले आशंका गरेका छन् ।

आइतबारबाट राजधानीमा सुरु कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले प्रदेश सीमांकनको समस्या समाधान हुने गरी संविधान संशोधन नभएसम्म स्थानीय तहको निर्वाचन गर्न सम्भव नरहेको बताए । देउवाले स्थानीय तहको सीमांकनका विषयमा लचिलो भएर सुझाव दिन केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुलाई आग्रह गरे ।

सभापति देउवाले संविधान संशोधनकालागि मधेसवादी र अन्य दलसँग सहमति जुटाउन कांग्रेस लचिलो हुने पनि बताए ।

भेलामा नेता रामचन्द्र पौडेलले स्थानीय जनताले सरकारी सेवा सुविधा छिटो र सहजरुपमा पाउने गरी स्थानीय तहको पुनर्संरचना गरिनुपर्ने बताए । उनले स्थानीय तहको पुनर्संरचना गरेर चैत महिनामा स्थानीय तहको निर्वाचन गर्ने या मंसिर महिनामा स्थानीय निकायको निर्वाचन गर्ने भन्ने विषयमा सुझाव दिन जिल्ला सभापतिहरुलाई आग्रह गरे ।

अर्का नेता कृष्णप्रसाद सिटौलाले स्थानीय तहको जतिसक्दो चाँडो पुनर्संरचना गरेर स्थानीय तहको निर्वाचन गरिनुपर्ने र त्यसका लागि सरकारले पुनर्संरचना सम्बन्धी आयोगको कार्यक्षेत्र तत्काल परिमार्जन गर्नुपर्ने बताए । उनले आयोगले चाँडो काम नसके तथा कात्तिक महिनाभित्र निर्वाचनको घोषणा नगरे चैत महिनासम्म स्थानीय तहको निर्वाचन सम्भव नहुने र वैशाख महिनामा पार्टीको नेतृत्वमा सरकार गठन गर्ने समझदारी धरापमा पर्ने बताए ।

नेपाली कांग्रेसले स्थानीय तहको संख्या र सीमाना निर्धारणका विषयमा सुझाव संकलनका लागि केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको भेला आयोजना गरेको हो ।

स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगले स्थानीय तहको संख्या बढीमा ५ सय ६५ मात्र हुने बताएपछि कांग्रेसले आन्तरिक छलफल गरेको हो ।

भेलामा नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य र ७५ वटै जिल्ला सभापतिहरुको सहभागीता छ । दुई दिनसम्म चल्ने भेलापछि स्थानीय तहको पुनर्संरचनाबारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget