Websoft University

www.radiomakalu.com || 021-522512


तीनबुँदे सहमति विषयमा प्रम र सभापति देउवाबीच छलफल


काठमाडौँ, साउन २२ गते । सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतृत्वबीच आन्दोलनरत तराई÷मधेसवादी दलबीच भएका तीनबुँदे सहमति कार्यान्वयन लगायत विषयमा कुराकानी भएको छ ।



काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान ती विषयमा कुराकानी भएको थियो । सभापति देउवाका निजी सचिव भानु देउवाले राससलाई दिनुभएको जानकारीअनुसार प्रधानमन्त्री दाहाल आज बिहान सभापति देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

“पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डल विस्तार, संविधान कार्यान्वयन र आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन विषयमा उहाँहरुले बातचित गर्नुभयो ।” निजी सचिव देउवाले भन्नुभयो । काँग्रेस र माओवादी केन्द्र तथा आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन गर्न मन्त्रिपरिषद्को शुक्रबार बैठकले विभिन्न निर्णय मेत गरिसकेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget