Websoft University

www.radiomakalu.com || 021-522512


सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण

Judge Photo RSS

                 पद तथा गोपनियताको शपथ ग्रहण गर्दै नवनियुक्त न्यायाधीशहरु
काठमाडौं,साउन १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आजै उनीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।


राष्ट्रपति भण्डारीको उपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।

नवनियुक्ति न्यायाधीशहरुमा दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा. सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

नवनियुक्त न्यायाधीशहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो ।

सञ्चारकर्मीद्वारा सपथ वहिष्कार

सञ्चारकर्मीले सर्वोच्चका अदालतका नवनियुक्त न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम वहिष्कार गरेका छन् ।

राष्ट्रपति कार्यालयले उचित स्थानको व्यवस्था नगरेको भन्दै संचारकर्मीले सोमबार न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम वहिष्कार गरेका हुन् ।

नवनियुक्त ११ जना न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम सोमबार विहान ११ बजे राष्ट्रपति कार्यालयमा तय गरिएको थियो । राष्ट्रपति कार्यालयले सञ्चारकर्मीका लागि सपथग्रहणको दृष्य खिच्न नमिल्ने स्थान छुट्याएको विरोधमा कार्यक्रम वहिष्कार गरेको राष्ट्रपति कार्यालय पुगेका संचारकर्मीले बताएका छन् ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget