Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयन एमालेको प्रमुख प्राथमिकताः ओली



काठमाडौं,भदौ ८ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबिधान कार्यान्वयन एमालेको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा नेपालका लागि अमेरिकी राजदूत अलाइना डि टेप्लिजसँगको भेटवार्तामा ओलीले संविधान कार्यान्वयनमा एमालेको भूमिका प्रष्ट रहेको जनाए ।

संविधानले परिकल्पना गरेको तीन तहको निर्वाचन गर्नका लागि डेढ वर्ष मात्रै रहेको अवस्थामा एमालेको भूमिका कस्तो हुन्छ ? भन्ने अमेरिकी राजदूतको जिज्ञासामा ओलीले आफूले सरकारको नेतृत्वमा रहका बेला नै संविधान कार्यान्वयनको कार्ययोजना सार्वजनिक गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा संविधान कार्यान्वयन एमालेको पहिलो प्राथमिकता भएको बताएको एमालेले जनाएको छ ।

करिब आधा घण्टा लामो भेटवार्ता सरकार परिवर्तन र संविधान कार्यान्वयनका विषयमा केन्द्रित थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget