Websoft University

www.radiomakalu.com || 021-522512


एएफसी कप छनौट प्लेअफको दोस्रो खेलमा थ्रीस्टार बराबरीमा रोकियो


Three-Star
काठमाडौं,भदौ ७ गते । नेपालको लिग विजेता थ्रीस्टारले, एएफसी कप छनौट प्लेअफको दोस्रो खेलमा कम्वोडियाको नागावर्ल्ड क्लबसँग एक एक गोलको बराबरी खलेको छ ।

मंगोलियाको उलानबटारस्थित कृत्रिम घाँसे मैदानमा मंगलबार भएको खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडे । पहिलो हाफको २८ औ मिनेटमा नागाबोल्डले अग्रता लिएको थियो । उसका लागि निम सोभान्नाराले गोल गरेका थिए ।

तर खेलको अन्तिम समयमा थ्रीस्टारका मार्टिन्सले गोल गर्दै खेल बराबरीमा ल्याए ।

समूह बी अन्तर्गत रहेर पहिलो खेलमा घरेलु टोली एर्चिम विरुद्धको खेलमा विजयी भएको थ्रीस्टार ४ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानको नागाबोल्डको १ अंक भएको छ भने एर्चिम अंकबिहीन छ ।

एएफसी कप फुटबलको अर्को चरणमा पुग्न अब थ्रीस्टारले नागाबल्र्ड र एर्चिमवीचको खेलको नतिजा कुर्नुपर्ने भएको छ । यी दुई टिमबीचको खेल बुधबार हुनेछ । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ । तीनै समूहको समूह विजेता अर्को चरणमा पुग्नेछन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget