साउन २७ तमिल नाडु – भारतको तमिल नाडुमा अनौठो चोरी भएको छ । चोरहरुले गुडिरहेको रेलबाट ९.२ करोड बराबरको पूरानो नोट चोरी गरेका छन् । रेलभित्र राखिएका २ सय बाकस पूरानो र बिग्रिएको बैंकका नोटलाई रेलको छानोमा प्वाल पारेर चोरिएको बताइएको छ ।
चोरहरु रेलभित्रै लुकेका थिए वा उनीहरु रेल गुडिरहेकै बेला त्यहाँ पसेका थिए भन्ने बारे पुलिसहरु अझै निश्चित हुन सकेका छैनन् ।
सालेम टाउनदेखि चेन्नईसम्मको यात्रामा रहेको रेलबाट सोमबार रातीदेखि मंगलबार बिहानसम्मको समयमा भएको चोरीमा ६ देखि ७ जनाका लूटेरा हुनसक्ने अनुमान पुलिसले गरेको छ ।
सुरक्षाको घेरामा रहेका ती रकम भारतको सेन्ट्रल बैंक, रिजर्भ बैंक अफ इन्डियाको स्वामित्वका हुन् । यसलाई चेन्नईमा नष्ट गर्न लगिएको थियो । चेन्नई पुगेपछि जब उनीहरुले आधिकारीक छाप फुटाए तब पैसाको बाकसलाई फुटाइएको र रेलको छानो काटिएको पाए ।
‘रेलमा कुनै किसिमको आवाज आएको थियो थिएन भन्ने बारे हामीले रेलको सुरक्षागार्ड र पुलिस अधिकारीसँग कुराकानी गरिरहेका छौं, ’ प्रहरी अधिक्षक पी. विनयकुमारले एफपीलाई बताए ।
रेल चेन्नईमा राखिएको र यस विषयमा अनुसन्धान जारी रहेको बीबीसीले बताएको छ ।-बीबीसी

Post a Comment