Websoft University

www.radiomakalu.com || 021-522512


मधेसी मोर्चा भन्छ– ‘सहिदको सूचीमा अझै १६ जनाको नाम छुटेको छ’


काठमाडौं, भदौ ८ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले घोषणा गरेको सहिदको सूचीमा १६ जनाको नाम छुटेको भन्दै औपचारिक रुपमै असहमति राख्ने निर्णय गरेको छ ।





माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिएको पर्सिपल्ट भएको वार्तामा सरकार र मोर्चा दुबै पक्षबाट मृतकको नामावली तयार गर्ने निर्णय भएअनुसार मोर्चाले गत वर्षको मधेस–थरुहट लगायतका आन्दोलनमा मारिएका सर्वसाधारण, कार्यकर्ता र सुरक्षाकर्मी गरी ६८ जनाको नाम गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको थियो ।

तीमध्ये ५२ जनालाई मात्र सरकारले सहिद घोषणा गरेको थियो । मोर्चाले भने मारिएकामध्ये कतिपयको नामावली र विवरण नमिलेको जनाएको छ ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले सहिद सूची, मुद्दा फिर्ता लगायत विषयमा मोर्चाको गम्भीर असहमति रहेकाले सत्तारुढ दलसँग छलफल गर्न लागेको बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget