Websoft University

www.radiomakalu.com || 021-522512


व्यापार घाटा ७ खर्ब ३ अर्ब नाघ्यो

 काठमांडू , भाद्र  ११ गते  । मुलुकको वैदेशिक व्यापारमा ठूलो खाडल देखिएको छ । आयात–निर्यातबीच सन्तुलन कायम हुन नसक्दा निर्यातको तुलनामा आयातको आकार निक्कै ठूलो देखिएको हो । 
Import-export
हरेक बर्ष बिलासी र महंगा वस्तु आयात बढ्दै गएको तर त्यसको तुलनामा निर्यात व्यापार भने उठ्न नसेकाले गत आर्थिक वर्षमा मात्र आयात–निर्यातबीचको फरक ११ गुणा ठूलो देखिएको छ । नेपालले भारत, चीन लगायत तेस्रो मुलुकवाट गर्ने वस्तुको निर्यात आयातको तुलनामा निक्कै सानो आकारको देखिएको छ । जसले गर्दा यो असन्तुलन चुलिदै गएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आवको मुलुकको आर्थिक तथा वित्तीय स्थिती अनुसार एक बर्षमा वस्तु तथा सेवाको निर्यात १७.८ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार गत आवमा कुल वस्तु तथा सेवाको निर्यात ७० अर्ब १२ करोडमा सिमित भएको छ । यो अवधीमा चीनसँगको निर्यात २४.६ र भारतमा हुने निर्यात २९.३ प्रतिशतले घटेको छ ।
नेपालवाट उनी, अलैची, पस्मिना, तयारी पोशाक, पीना लगायतका वस्तु निर्यात हुने गरेका छन् ।
यस्तै, जिङ्क सीट, जिआइ पाइप, पोलिष्टर यार्न, लत्ताकपडा, जुस लगायतको पनि निर्यात हुने गरेको छ । गत आवमा आयात भने ७ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँको छ । भारतवाट गत आवमा पेट्रोलियम पदार्थ वाहेक अन्य वस्तुको आयात ६.४ प्रतिशतले बढेको छ भने चीनवाट हुने आयात १५.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपालले भारत, चीन लगायत तेस्रो मुलुकवाट यातायातका पार्ट पुर्जा, औषधी, रासायनिक मल, दुरसञ्चारका सामाग्री , पेट्रोलियम पदार्थ, चाँदी, आदीको आयात गर्ने गरेको छ । निर्यातको तुलनामा यी वस्तुको आयात अध्यधिक बढी रहेको छ । आयातको बढी रहेकाले गत आवमा कुल व्यापार घाटा ७ खर्ब ३ अर्ब ४८ करोड पुगेको छ । यो बर्ष व्यापार घाटा २ प्रतिशतले बढेको जनाइएको छ । 
गत आवमा यस्तो घाटा १०.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्ला बर्षहरुमा महंगा र बिलासी सवारी साधन, तीनका पार्टस्, दुरसञ्चारका उपकरण, औषधी लगायतको आयात अध्यधिक बढेको छ । यस्ता वस्तुको आयातले कुल निर्याको आकारलाई ठूलो अन्तर पार्ने राष्ट्र बैंकले जनाएको छ । अर्बमा निर्यात गरेर खर्बमा आयात हुँदा यस्तो स्थिती आएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीको भनाइ छ ।
नेपालले बस्तु आयातलाई प्रतिश्थापन गर्नेगरि अहिलनै निर्यात बढाउन भने सक्ने स्थिती छैन । 
उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा आयातलाई प्रतिश्थापन गर्न नसकिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । त्यसको सट्टामा विदेशी बजारमा बढी रुचाइने वस्तुको उत्पादनमा जोड दिने र त्यस्ता वस्तुलाई सरकारले समेत निर्यातमा प्रोत्साहन गरेमा व्यापार घाटा भने कम गर्न सकिने उनीहरुको तर्क छ । विलासी वस्तुको आयातमा नेपाली उपभोक्ता बढीरहेकाले पनि घाटा बढ्दै गएको हो । हस्तकला, उनी, चिया, अलैची, लगायतका वस्तुको निर्यातमा प्रोत्साहित गर्नुपर्ने व्यापारीको भनाइ छ । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget