Websoft University

www.radiomakalu.com || 021-522512


विश्वकप छनौट खेल्ने अर्जेन्टिनी टोलीमा मेस्सी पनि !


messi5
काठमाडौं,साउन २१ गते । यद्यपी यसबारेमा आधिकारिक जानकारी आइसकेको छैन । तर सबैकुरा अहिले यसमा केन्द्रित भएको छ कि अर्जेन्टिनाका नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजाले विश्वकप छनौट अन्तर्गत उरुग्वे र भेनेजुएलासँगको आसन्न खेलका लागि टोलीको नामवलीमा लियोनल मेस्सीलाई पनि समावेश गरेका छन् ।

५८ बर्षीय प्रशिक्षक बाउजाले आजदेखि मात्र साओ पाउलो छाडेका छन् । तर अर्जेन्टिनाका लागि उनले पहिलेदेखिनै सोचेका थिए । आगामी अगष्ट १५ मा उनले अर्जेन्टिनी टोलीका लागि पहिलो नामावली सार्वजनिक गर्नेछन् ।

अर्जेन्टिनी खेलकुद पत्रिका ओलेका अनुसार यसै समरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेस्सीको नामपनि अर्जेन्टिनी टोलीमा समावेश छ । तर अर्को साता स्पेन उड्ने तयारीमा रहेका प्रशिक्षक बाउजाले मेस्सीसँग वार्ता गर्नेछन् र अन्तिम नामावली तयार गर्नेछन् ।

अर्जेन्टिनी प्रशिक्षक नियुक्त भएलगत्तै बाउजाले भनेका थिए, ‘मैले यस्तो राष्ट्रिय टिमको परिकल्पना गरेको छु जहाँ मेस्सी हुन् ।’

‘हामी कुराकानी गर्न गइरहेका छौं र उनले सन्यासअघि राष्ट्रिय टोलीका लागि जे गरेका थिए म त्यसलाई निरन्तरताको लागि प्रयासरत रहनेछु ।’ प्रशिक्षक बाउजाले अघि भने, ‘यदि उनी राष्ट्रिय टोलीमा फर्किए भने उनी कप्तान नै रहनेछन् किनभने कप्तानी उनी आफैले आर्जन गरेका हुन् त्यसैले मलाइ लाग्छ कि त्यसैलाई निरन्तरता किन नदिने त ?’-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget