Websoft University

www.radiomakalu.com || 021-522512


नवलपरासीमा उत्पादित बल्छीको बजार अमेरिका र क्यानडा


balchhi
नवलपरासी,साउन २१ गते । हामीले विदेशमा समुद्र किनारामा पर्यटकहरुले बल्छीले माछा मार्दै आनन्दले घाम तापेर बसेका देख्छौं । तर समुन्द्रमा माछा मार्न प्रयोग गरिने बल्छीको स्वरुप कस्तो होला र कहाँ बन्ला ? यस्ता बल्छी नेपालमै बनेर विदेश जाने गरेको सुन्दा भने तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, नवलपरासीको गैडाकोट नगरपालिका १० पितौजीमा रहेको शेर्पा फ्लाइजले विगत ३ बर्षदेखि विदेश पठाउने गरी बल्छीको उत्पादन गरिरहेको छ ।

समुन्द्रको माछाले समुन्द्रमै पाइने साना आकारका माछा तथा समुन्द्रमै पाइने विभिन्न किराहरु खाने भएकोले सोही आकारको बल्छी बनाइने गरिन्छ । सानो माछा खान रुचाउने ठूलो माछालाई फसाउनका लागि सानो आकारका आकर्षक माछाको रुप दिएर बल्छी बनाइने गरेको कम्पनीका सुपरभाईजर मेघा पुलामीले बताइन् ।

सामान्य तया नेपालमा बल्छीमा माछा फसाउनका लागी गड्यौलालाई चाहाराका रुपमा प्रयोग गरिन्छ तर, समुन्द्रका माछालाई भने आकर्षक आकारको समुन्द्री माछा र समुन्द्री किराको स्वरुपमा निर्मित बल्छी प्रयोग हुने गरेको देखेपछि उत्पादन थालिएको कम्पनीका म्यानेजिङ डाइरेक्टर भोला थापाले बताए ।

यहाँ उत्पादिन माछा मार्ने बल्छी अमेरिका, क्यानेडा, श्रीलङका र भारत लगायतका देशमा निर्यात हुदै हुने गरेको छ । शेर्पा फ्लाइजले यहाँ विगत ३ वर्षबाट बल्छी उत्पादन गरी विदेशमा निर्यात गर्दै आइरहेको हो ।

नेपालमा यस्तो किसिमको बल्छी को माग नभएकाले थापाले बताए । यस कम्पनीबाट हप्तामा हजार देखि पन्ध्र सय बल्छी उत्पादन हुने गरेको छ ।

बल्छीको आकार र डिजाईन हेरी प्रतिदर्जन ४ देखि ९ डलर सम्ममा बिक्री हुदै आएको पुलामीले बताइन् । विषेश गरेर जुन र जुलाई महिनामा बल्छीको माग बढी हुने भएकाले अहिलेको बेलामा महिनामा उत्पादन र निर्यात पनि बढी हुने गरेको उनले बताइन् ।

कम्पनीबाट ५ सय प्रकारका विभिन्न प्रजातीका समुन्द्र किरा तथा माछाहरुको आकृतिका डिजाईनमा बल्छी निर्माण हुँदै आएको छ । बल्छी नेपालमा निर्माण गरिएपनि यसका लागि चाहिने कच्चा पदार्थ भने विदेशबाटै ल्याइने गरेको छ ।

बल्छी निर्माणको लागि सेन्थेटिक, फाईबर र हुक लगायतका कच्चा पदार्थ आवश्यक पर्छ जसमध्ये धेरैजसो कच्चा पदार्थ अमेरिकाबाट नै आउने थापाले बताए ।

बल्छी उत्पादनको काम सबै महिलाले नै गर्ने गरेका छन् । कम्पनीमा ३५ जना महिलाले रोजगारी समेत पाएका छन् ।-रामकुमार श्रेष्ठ,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget