Websoft University

www.radiomakalu.com || 021-522512


विकास आयोजना निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न निर्देशन



काठमाडौँ, साउन ३२ गते । व्यवस्थापिका–संसद्, विकास समितिले विकास आयोजना निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सङ्घीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा समितिले सरकार परिवर्तनको असर विकास आयोजनामा पर्न नदिन र विकास आयोजनामा विनियोजित बजेट पूरै खर्च हुने अवस्था सिर्जना गर्न पनि विशेष गरी ती दुई मन्त्रालयसित आग्रह गरेको छ ।

बैठकमा सांसदले विकास आयोजनाका लागि जग्गा प्राप्ति र रुख कटान पहिलो समस्या भएको बताउँदै यसलाई अन्तरमन्त्रालय समन्वयमा समाधान खोज्न सुझाव दिनुभएको थियो । सांसद गणेश पहाडीले राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न हुन नसक्नामा अन्तरमन्त्रालय समन्वयको अभाव रहेको बताउँदैै सरकार परिवर्तनको असर विकास आयोजनामा पर्न दिन हुँदैन भन्नुभयो ।

सांसद रामचन्द्र पोखरेल र रामकृष्ण घिमिरेले विकास आयोजना समयभित्र सम्पन्न गर्न नसक्नेलाई विभागीय कारबाही गर्न र विकास आयोजनामा दलगत स्वार्थ नराख्न माग गर्नुभयो । सांसद रञ्जना सरकार र रामअयोध्या यादवले हुलाकी सडक निर्माण सुस्त गतिमा अगाडि बढेको गुनासो गर्दै थप बजेट विनियोजन गर्न सरकारसित माग गर्नुभयो ।

समितिका सभापति रवीन्द्र अधिकारीले विकास आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न स्थानीय र राष्ट्रिय तहमा पनि राजनीतिक समझदारी कायम गर्नुपर्ने अवस्था आउनु विडम्बना भएको भनाइ राख्नुभयो ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक रामकृष्ण सापकोटाले स्थानीय पूर्वाधार विकास अन्तर्गत विभागले सडक सञ्जाल विस्तारलाई पहिलो प्राथमिकता दिएको छ भन्दै सडक अयोजना निर्धारित समयभित्र गुणस्तरीय रुपमा सम्पन्न गर्न ध्यान दिइएको बताउनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले आयोजना कार्यान्वयनको क्षमता कमजोर हुँदै जाँदा अन्तरमन्त्रालय समन्वय अभाव, सामाजिक राजनीतिक अवस्था लगायत कारणले निर्धारित समयभित्र विकास आयोजना सम्पन्न हुन नसक्ने अवस्था आएको धारणा राख्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget