Websoft University

www.radiomakalu.com || 021-522512


बहुमतिय प्रक्रियाबाट सरकार गठन गर्ने बाटो खुल्यो, राष्ट्रपतिद्वारा आह्वान



काठमाडौं, साउन १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय प्रक्रियाबाट सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपतिको आह्वानसँगै बहुमतिय प्रक्रियाबाट सरकार गठन गर्ने बाटो खुल्ला भएको छ ।


राष्ट्रपति कार्यालयबाट संसद सचिवालयलाई संविधानको धारा २५८ को ३ अनुसार बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन गर्न सुचित गर्दै पत्र पठाइएको छ ।
संसद भवन नयाँ वानेश्वरमा व्यवस्थापिका संसद बैठक तीन बजेको लागि तय गरिएको छ ।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएसँगै सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी आजको सदनलाई गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नेछिन् ।

त्यसपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन् । नेकपा एमालेले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

सचिवालयले सम्भवत यही साउन १९ गते नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ ।
राष्ट्रपति भण्डारीले यही साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिएपनि सहमतिमा सरकार गठन असफल भएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget