Websoft University

www.radiomakalu.com || 021-522512


बैंकहरुसँग लगानी गर्ने पैसा सकियो, राष्ट्र बैंकले आज पाँच अर्ब दिने


Nrb-810
काठमाडौं, भदौ १ गते। वितेका ४/५ वर्षदेखि लगातारजसतो लगानी गर्न मिल्ने पुँजी (अधिक तरलता)को चापममा पर्दै आएको बैंकिङ क्षेत्रसँग अहिले अधिक तरलता रित्तिएको छ ।

राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत पटक-पटक गरी अधिक तरलता प्रशोचन गरेकाले अहिले बैंकहरुसँग तरलताको अवस्था शून्यमा झरेको हो ।

तरलताको अवस्था शून्यमा झरेपछि केन्द्रिय बैंकले आज रिपोमार्फत बजारमा दुई हप्ताका लागि ५ अर्ब रुपैयाँ तरलता प्रवाह गर्दैछ ।

राष्ट्र बैंकले पाँच वर्षपछि बुधबार बजारमा तरलता प्रवाह गर्न लागको राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई बताए ।

‘बजारमा भएको अधिक तरलतालाई राष्ट्र बैंकले पाँच वर्षसम्म विभिन्न मौद्रिक उपकरणमार्फत सोच्यो मात्रै । अहिले तरलता शून्यमा झरेको छ । त्यसैले बुधबर रिपोमार्फत पाँच अर्ब रुपैयाँ बजारमा प्रवाह गर्दैछौं,’ श्रेष्ठले भने ।

बुधबार बैंक तथा वित्तीय संस्थाहरुले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकमा आवेदन दिएर ३.७२ प्रतिशत व्याजदरमा रकम लिन सक्नेछन् । गत सातादेखि व्याजदर करिडोर कार्यान्वयनमा आएकाले राष्ट्र बैंकले खपहिलोपटक रिपोको व्याजदर तोकेको हो ।

‘व्याजदर करिडोर लागू गर्नुको उद्देश्य बजारमा तरलताको व्यवस्थापन गरी व्याजदर स्थायित्व कायम गर्नु हो,’ कार्यकारी निर्देशक श्रेष्ठले भने- ‘आगामी दिनहरुमा राष्ट्र बैंकले न अधिक तरलता हुन दिन्छ न त तरलताको अभाव नै ।’

राष्ट्र बैंकले जारी गरेको रिपो लिनका लागि बैंकहरुले दिउसो ३ बजेसम्ममा अनलाइन बिडिङ गर्नुपर्ने हुन्छ । कम्तीमा १ करोड र बढीमा १ करोड रुपैयाँले भाग गर्दा निषेश भाग जाने गरी कुल आहृवान रकमसम्म आवेदन दिन सक्नेछन् । आहृवान गरिएको रकमभन्दा बढी आवेदन परेमा समानुपातिकरुपमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget