Websoft University

www.radiomakalu.com || 021-522512


झापामा बन्यो अाठ वटा झोलुङ्गे पुल

jholunge-pul-bridge-suspens

भद्रपुर,भदौ ११ गते । झापा जिल्लामा आव २०७२÷७३ मा १३ निर्माणाधीन झोलुङ्गे पुलमध्ये आठ वटाको निर्माण सम्पन्न भएको छ ।

आठ झोलुङ्गे पुलमा रु एक करोड चार लाख ९५ हजार ९६९ खर्च लागेको जिविस, योजना शाखाका डिल्ली नेपालले बताए ।

निर्माणाधीन पाँच झोलुङ्गे पुल आगामी तीन महिनाभित्र सम्पन्न हुने छ । सोका लागि करिब दुई करोड ७३ लाख रूपैयाँ खर्च लाग्ने जनाइएको छ ,

निर्माणाधीन झोलुङ्गे पुलमा धंगेरेभाङ झोलुङ्गे पुल करिब ६५ लाख १८ हजार, सिमलचोक झोलुङ्गे पुल ४० लाख ३२ हजार, चौकीविरान झोलुङ्गे पुल ५७ लाख ९३ हजार, सुखानी झोलुङ्गे पुल ४२ लाख ९२ हजार र मसानघाट झोलुङ्गे पुल ४६ लाख ७८ हजार रूपैयाँ लागतका छन् ।

पक्की पुल सानोतिनो रकमले गर्न नसकिने तर जनताको पिरमर्कालाई हेर्दा तत्काल समस्या समाधान गर्न झोलुङ्गे पुल निर्माण कार्यलाई जोड दिइएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताए ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget