काठमाडौं,साउन ३१ गते । नेकपा एमालेले काभ्रेको विर्ता देउरालीमा भएको बस दुर्घटनालाई कहालीलाग्दो भन्दै तत्काल उद्दारमा हेलिकोप्टर परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्दार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन् ।
बस दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरी उपचारको व्यवस्था गर्न ओलीले ध्यानाकर्षण गराएका छन् ।-अनलाइनखबरबाट
Post a Comment