Websoft University

www.radiomakalu.com || 021-522512


ट्राफिक प्रहरीको जालझेल, एक सय भारुमै पास हुन्छ ओभरलोड ट्रक



भैरहवा,भदौ ९ गते । नेपालमै रुपन्देही आकर्षक कमाउ जिल्लाको रुपमा रहेको छ । यहाँ आउन प्रहरी, निजामतिदेखि अन्य सरकारी कर्मचारीहरु माथि जति पनि ‘नजराना’ बुझाउन तयार हुने गरेको बताइन्छ ।


रुपन्देहीको यस्तै कमाउ क्षेत्रहरु मध्ये एक हो बेलहिया–सुनौली नाका । दैनिक यस नाकाबाट सैकडौ मालबाहक ट्रकहरु नेपाल भित्रि रहेका हुन्छन् । नेपाल भित्रिने यस्ता प्रत्येक ट्रकले ओभरलोड जरिवाना बापत ट्राफिक प्रहरीलाई रकम बुझाएका हुन्छन् ।
नेपाल भित्रिने यस्ता ट्रकहरुले बुझाएको जरिवानाको अधिकांश भाग सरकारको खातामा नगई नजराना बुझाएर जिल्ला आएका ट्राफिक प्रहरीहरुको खल्तीमा जाने गरेको तथ्य फेला परेको छ ।
यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै सवारी साधनमा तोकिएको भन्दा बढी मालसमान राखेमा ५ सय जरिवाना हुने ब्यवस्था गरेको छ । तर नेपाल भित्रिने यस्ता ओभरलोड ट्रकहरुले ट्राफिक प्रहरीलाई एक सय भारतीय रुपैया दिएर सहज भित्रिने गरेका छन् ।
भारतबाट लुम्बिनी औद्योगिक कोरिडोरको लागी कच्चा पदार्थ लिएका एक ट्रक चालकले ट्राफिक प्रहरीले एक सय भारु दिएको बताए । रकम बुझाएको रसिद पाउनु भएन भन्ने प्रश्नमा उनले भने “रसिद माग्दा ट्राफिक प्रहरीले ५ सय भारु लाग्छ भन्छन् रसीद नलिँदा १ सय रुपैयामा काम हुन्छ । ”
नेपाल भित्रिने प्रत्येक भारतीय ट्रक सित १ सय भारुका दरले रकम उठाई रसिद नदिएको पाईएपछि ट्राफिक प्रहरीले चेकजाँच गर्ने स्थानमा गई हेर्दा प्रहरीले १ सय भारु लिई सरासर जान दिई रहेका थिए ।
चेकजाँच गर्ने स्थानको दृश्य पनि फरक थियो । अन्य चेकजाँच गर्ने स्थानमा ट्राफिक प्रहरी आफै सवारीको चेकजाँच गरेका हुन्छन् भने यहा प्रत्येक भारतीय ट्रकका चालक अथवा सहचालक आफै आएर रुखको छहारीमा बसेका ट्राफिक प्रहरी भागवत चौधरीलाई नजराना बुझाई रहेका थिए । न चेकजाँच गर्नु पर्ने झण्झट न कुनै किचकिच त्यसै रकम आए पछि को बस्न चाहदैन र बेलहिया नाका ?
यहा सम्म कि भारतीय ट्रक चालकहरुलाई आफुले के बापत रकम बुझाएको हो सो पनि जानकारी हुन्न । “नेपाल छिर्ने प्रत्येक ट्रकले रकम बुझाउनु पर्छ म पनि बुझाउन आएको हु” १ सय भारु लिएर ट्राफिक प्रहरीलाई रकम बुझाउन हतारमा रहेका अर्का भारतीय चालकको भनाई थियो । के को रकम बुझाएको भन्ने प्रश्न गर्दा उनले शायद नगरपालिकाको कर होला भन्ने जवाफ दिनुले नै ट्राफिक प्रहरीको असुलीलाई प्रष्ट पारेको छ ।
ट्राफिक प्रहरीले भारतीय ट्रकहरुको २ वटा मूल्य निर्धारण गरेको चालकहरु बताउँछन् । रसिद काट्न लगाए ४ सय भारु तथा रसिद नकाटे १ सय भारु । यसरी सुनौली नाका हुदै नेपाल छिरेका यी भारतीय ट्रकहरुलाई अन्य कतै चेकजाँच हुन्न ।
यता असुलीको बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरिक्षक अन्जन कोईरालाले ओभरलोडको पनि २ वटा नियम रहेको बताए । सुनौलीबाट नेपाल भित्रिने र औद्योगिक कोरिडोरमा जाने मालवाहक ट्रकलाई ओभरलोड बापतको जरिवाना नकाटेको र अन्य क्षेत्रमा जाने ट्रकको जरिवाना काट्ने गरेको बताए ।
ओभरलोड बापत र अन्य कसुर बापत ५ सय देखी १ हजार ५ सय सम्मको जरिवाना काट्ने गरेको बताउदै उनले ट्राफिक प्रहरीले यस अतिरिक्त रकम लिए नलिएकोबारे छानविन गर्ने बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget