Websoft University

www.radiomakalu.com || 021-522512


विधान संशोधन नहुँदा अधिवेशन प्रभावित

Image result for raprapa nepal

काठमाडौँ, भदौ ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको विधान संशोधन नहुँदा तेस्रो अधिवेशन प्रभावित भएको छ ।

मुलुकको नयाँ संविधानअनुसार सङ्घीयस्वरुपमा अधिवेशन गर्नका लागि सङ्गठनले विधान संशोधन गर्नुपर्नेमा प्राविधिक कारणले विधान संशोधन गर्न सकेको छैन ।

राप्रपा र राप्रपा नेपालको एकीकरणको प्रयास जारी रहँदा सङ्घीयतालगायत विवादित विषय महाधिवेसनबाट टुङ्गो लगाउने भनिएकाले विधान संशोधनको प्रक्रिया रोकिएको थियो । मुल पार्टीले नै सङ्घीयता मान्ने वा नमान्ने विषयको निर्णय अन्योलमा परेकाले सङ्गठनको विधान संशोधनमा ढिलाई भएकाले अधिवेशन समेत प्रभावित भएको सङ्गठनका अध्यक्ष दीपक राईले जानकारी दिनुभयो ।

उहाँले दुई पार्टीको एकीकरण अहिले निष्क्रृय भएको हुँदा अब केन्द्रीय नेतृत्वसँग छलफल गरी अधिवेशनको निर्णय गरिने बताउनुभयो ।

सङ्गठनले देशका विभिन्न ४० जिल्लामा अधिवेशनका लागि प्रतिनिधि छनौटका कार्य सम्पन्न गरिसकेको छ । बाँकी ३५ जिल्लामा अधिवेशनको तिथि निर्णय भएपछि छिट्टै प्रतिनिधि छनौट गरिने बताइएको छ । सङ्गठनले विसं २०६९ मा दोस्रो अधिवेशन गरेको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget