एक जमाना थियो, भनिन्थ्यो ‘छोरी बिग्रे नर्स, छोरा बिग्रे’ कमर्स’ । अर्थात् अरू केही पढ्न नसकेपछि छात्राले पढ्ने भनेको नर्सिङ र छात्रले पढ्ने भनेको कमर्स मात्रै हो । अरू भनाइ पनि चले समाजमा, अझै चलिरहेकै पनि छन्, ‘कतै जागिर नपाएपछि मास्टरी’, ‘कतै काम नपाएपछि पत्रकार’ । पत्रकारहरूका सन्दर्भमा गाँसिने विशेषण त अझ बयान गरी साध्य छैन ।
पत्रकारको योग्यता परीक्षाको गम्भीर तथा संवेदनशील बहस केही समयदेखि चलिरहेको छ । प्रेस काउन्सिल नेपालद्वारा गठित ‘पत्रकारिता पेसामा प्रवेशपूर्व योग्यता परीक्षण ः सञ्चालन र व्यवस्थापन अध्ययन कार्यदल–२०७२’ले छ महिना लगाएर तयार पारेको प्रतिवेदन बुझाएपछि यस विषयको बहस अझ गर्मिएको हो । खासगरी सामाजिक सञ्जालहरूमा यसबारे टिकाटिप्पणी पढ्न पाइन्छ । सञ्चार माध्यमहरूमा भने न त आन्तरिक रूपमा न त बाह्य रूपमा नै औपचारिक बहस–छलफल भएको छ । यसबीच, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले बिबिसीसँगको कुराकानीमा प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई यसले घुमाउरो पाराले सङ्कुचन गर्ने खतरा रहन्छ भनी टिप्पणी गर्नु भएको छ । १० हजारभन्दा बढी पत्रकारका नेता विष्टको यस टिप्पणीपछि प्रेस काउन्सिलको प्रयासको औचित्यमाथि नै गम्भीर प्रश्न तेर्सिएको छ ।
नयाँ व्यवस्थाका कसका लागि
प्रतिवेदनको आधारमा प्रेस काउन्सिलले नयाँ पत्रकारहरूका लागि लिखित र अन्तर्वार्ता गरी दुई तहमा परीक्षा आगामी मङ्सिरबाट थाल्ने योजना बनाइसकेको काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले सार्वजनिक गरिसक्नु भएको छ । अर्थात् अब केही महिनापछि पत्रकारितामा प्रवेश गर्न चाहनेका लागि योग्यता परीक्षा उत्तीर्ण नगरी ‘नो चान्स’ । यद्यपि प्रावधान कार्यान्वयनका लागि भौतिक तथा कानुनी पूर्वाधार पूरा हुन बाँकी नै छ ।
यहाँ प्रतिवेदनभित्र र बाहिरका नबुझिएका केही कुरा उठाइएको छ । पहिलो हो, यो व्यवस्था क–कसका हकमा लागू हुने ? बिबिसी (अगस्ट ११)का अनुसार, ‘प्रतिवेदनले हाल कार्यरत पत्रकारहरूका हकमा नभई नयाँ आउन चाहने पत्रकारले योग्यता परीक्षा दिनु पर्ने सिफारिस गरेको थियो’ । काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीको भनाइ छ, “पुरानाहरूलाई मान्यता दिने र नयाँ आउनेहरूलाई एउटा प्रणालीमा राख्न प्रयास गरिन लागेको हो । हामीले घच्घच्याउन खोजेको कुरा के हो भने कम्तीमा यो पेसामा प्रवेश गर्दा खेरी आवश्यक ज्ञान लिएर आऊन् भन्न खोजेका हौं । ” यसबाट यो व्यवस्था पुरानाका सन्दर्भमा नभई नयाँका सन्दर्भमा मात्र लागू हुने देखिन्छ । नेपालकै जेठो अखबार गोरखापत्रमा ‘पत्रकारिता पेसामा आउन चाहने नयाँ आगन्तुक र पेसामा रहेका कार्यरत पत्रकारले समेत काउन्सिलले तोकेको निश्चित मापदण्डसहितको परीक्षा उत्तीर्ण गर्नु पर्नेछ (अगस्ट ५, पृ. ३)’ प्रकाशित छ ।
प्रतिवेदन अध्ययनबाट योग्यता परीक्षाको व्यवस्था नयाँ र पुराना दुवैका हकमा लागू हुने देखिन्छ । नयाँले लिखित परीक्षा पनि दिनु पर्छ भने पुरानाले अन्तर्वार्ता दिए पुग्छ । तेस्रो पत्र प्रयोगात्मक परीक्षाका सन्दर्भमा भने प्रतिवेदन मौन छ । उता कार्यदलकै एक सदस्य एवं नागरिकका प्रधान सम्पादक गुणराज लुर्इंटेलले बिबिसीसँग नै ‘अनिवार्य नगरिने नयाँ नियम’ भन्नु भएको छ ।
प्रतिवेदनको एक ठाउँमा ‘... पत्रकारिता तथा अन्य कुनै विषयमा स्नातक गरेर पत्रकारिता पेसामा प्रवेश गर्न लागेका नयाँ जनशक्ति र यस व्यवस्था लागू हुनुअघिदेखि एसएलसी उत्तीर्ण गरी पत्रकारिता गर्दै आएकाहरूका लागि योग्यता परीक्षा लिने व्यवस्था गर्नु उपयुक्त हुने’ उल्लेख छ । यो बुँदाले स्पष्ट गर्छ, एसएलसीभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेर पत्रकारिता गर्दै आएकाहरूले योग्यता परीक्षा दिनु पर्ने छैन । अनि एसएलसी नै नगरी यस क्षेत्रमा लागिरहेकाहरू पनि नयाँ व्यवस्थाबाट मुक्त हुने भए । के वास्तवमा नै यही हो त ?
सम्बन्धित व्यक्तिहरूकै भनाइ र प्रतिवेदनका प्रावधान आपसमा बाझिएकाले स्थिति अझ जटिल र अन्योलपूर्ण भएको छ । तसर्थ सबभन्दा पहिले यस विषयमा सार्वजनिक प्रस्टता आवश्यक छ ।
विवादित केही बुँदा
योग्यता परीक्षा आवश्यक नै नभएको तर्क पनि अगाडि सारिँदैछ । विश्वास नै गर्न नसकिने व्यक्तिहरूका हातमा पनि प्रेस कार्ड देखिन थालेपछि, आफ्नो नाम समेत शुद्ध लेख्न नसक्ने व्यक्तिहरूसमेत पत्रिकाका सम्पादक हुन थालेपछि र प्रेस कार्डको दुरूपयोग हुन थालेको अनुभव गर्न थालिएदेखि नै यो कुरो उठ्दै आएको हो । यस विषयमा न त सरकारले, न त प्रेस काउन्सिल न त पत्रकार महासङ्घले नै समयमा चासो राख्यो । सबैभन्दा बढी चासो राख्नु पर्ने पत्रकार महासङ्घका पदाधिकारीहरूले भोटको राजनीतिमा पछि परिएला कि भन्ने डरले यस विषयलाई अगाडि बढाउन नै चाहेनन् । त्यसो त पत्रकार महासङ्घका पदाधिकारीहरूको निर्वाचन प्रत्यक्ष मतदानको आधारमा हुनु पर्छ भन्ने मागले पनि अहिलेसम्म स्थान पाउन सकेको छैन । अहिले प्रेस काउन्सिलले यसमा चासो देखाएर सकारात्मक काम गरेको छ तर प्रेस काउन्सिलका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति नै पत्रकारहरू असहमत रहेको स्थिति छ । यस्तोमा काउन्सिलले लागू गर्न खोजेको योग्यता परीक्षाप्रति नै चोर औंला ठड्याउन थालिएको छ । यहाँ, महासङ्घ अध्यक्ष डा. विष्टको पत्रकारको योग्यता परीक्षा राज्यले लिनु प्रेस स्वतन्त्रताको अधिकार हनन हुने (गोरखापत्र, भदौ २, पृ. ९) भनाइप्रति पनि सहमति व्यक्त गर्न सकिँदैन । यस्तै, डा. विष्टले व्यक्त गर्नु भए जस्तै सम्बन्धित सञ्चार माध्यमले कुनै न कुनै प्रकारको परीक्षा लिने काम त गर्दै आएका छन् नै । यसो हो भने चिकित्सकहरूको परीक्षा पनि त सम्बन्धित अस्पताल वा रोजगारदाताले लिए भइहाल्यो नि ! वास्तवमा पत्रकारको योग्यता परीक्षा समयको माग हो तर यस्तो परीक्षाको स्तर, मानक र विश्वसनीयतामा औंला ठड्याउने ठाउँ हुनु हुँदैन । सोही अनुसार संयन्त्रको विकास गरिनु पर्दछ ।
योग्यता परीक्षाको व्यवस्थाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने तर्क पनि गरिएको छ । वास्तवमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता एउटै होइनन् । यी दुईलाई एउटै तराजुमा तौलिन मिल्दैन । पत्रकारिता सामाजिक दायित्वसहित जिम्मेवारीपूर्वक निर्वाह गरिने पेसा हो । अभिव्यक्ति स्वतन्त्रताले त्योभन्दा व्यापक परिवेश समेट्दछ । अभिव्यक्ति स्वान्त सुखायका लागि मात्र पनि हुनसक्छ तर पत्रकारिता समाज, राष्ट्र र नागरिकको बृहत्तर हितलाई ध्यानमा राखेर गर्नु पर्ने हुन्छ । अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै सामाजिक सञ्जालमा विचार व्यक्त गर्नेहरू सब पत्रकार हुन सक्दैनन् । सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्न वा विभिन्न विषयमा लेखरचना सिर्जना गर्न उनीहरू स्वतन्त्र हुन्छन् । योग्यता परीक्षाको सवाल पत्रकारितालाई पेसा बनाउन चाहने व्यक्तिहरूका सन्दर्भमा उठेकोे विषय हो । नेपालको संविधानले पनि ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’ ृधारा १७ (२)के र ‘सञ्चारको हक’ ृधारा १९े को व्यवस्था गरेर अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता पृथक हुन् भन्ने स्पष्ट पारेको छ । तसर्थ, यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्छ भन्ने तर्क गर्नु उपयुक्त देखिँदैन । हो, यसबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने स्थिति आउँछ भने त्यसप्रति सचेत हुने र कुण्ठित हुनसक्ने स्थितिलाई रोक्नु पर्ने हुन्छ ।
अर्को महìवपूर्ण सवाल हो, पत्रकार हुन आवश्यक योग्यता । योग्यताको सवालमा दुई धार प्रस्ट रूपमा देखिएको छ । एउटा धार छ, जो पत्रकारिता मूल विषय लिएकाले मात्र पत्रकारिता गर्न पाउनु पर्छ भन्ने मान्यता राख्छ । अर्को धार छ, जो कुनै पनि विषयकाले पत्रकारिता गर्न पाउनु पर्छ तर त्यस्ता व्यक्तिले पत्रकारितासम्बन्धी औपचारिक तालिम लिएको हुनु पर्छ भन्ने मान्यता राख्छ । पछिल्लो समयमा ‘काउन्सिल वा अरू कुनै स्वतन्त्र निकाय गठन गरी पत्रकारको योग्यता परीक्षण गर्नै परे आमसञ्चार र पत्रकारिता विषयमा मात्र कम्तीमा स्नातकसम्मलाई मात्रै सरिक गराउनु पर्छ (लक्ष्मणदत्त पन्त, गोरखापत्र, साउन ३१, पृ. ४) भन्ने तर्क पनि गर्न थालिएको छ । पत्रकारिता क्षेत्रमा सक्रिय रहेको तीन दशकको अवधिमा आमसञ्चार र पत्रकारिता विषयमा अध्यापन गरेका र नगरेका आफ्ना अग्रजहरूको सङ्गत गरियो । यस्तै, एक दशकभन्दा बढी अवधि विभिन्न नेतृत्व तहमा रहँदा मात्र होइन, समग्र तीन दशककै अवधिमा आफ्ना सहकर्मीहरूको कार्य क्षमताको निकटबाट अध्ययन अवलोकन गर्ने अवसर पनि प्राप्त भयो । प्राप्त अनुभवले भन्छ, कर्मथलोमा पत्रकारिता गर्दा आमसञ्चार र पत्रकारितामा स्नातक गरेकाले मात्रै दक्षतापूर्वक पत्रकारिता गर्छन् भन्ने कुरो पत्रकारिताका अधिकांश गुरुवर्गको स्वैरकल्पना मात्र हो । यथार्थ त के हो भने पत्रकारिताका गुरुवर्गलाई बजारमा आपूmले उत्पादन गरेका जनशक्तिको खपत नहोला भन्ने चिन्ता छ, जुन गुरु हुनुको हैसियतले र भविष्यमा आफ्नो अस्तित्व जोगाउनका लागि आवश्यक पनि छ । तसर्थ, एउटा कुरो निर्धक्क भन्न सकिने स्थिति छ, कम्तीमा अहिलेका लागि आमसञ्चार र पत्रकारिताइतर विषयमा स्नातक गरेकालाई पत्रकारिता गर्नबाट कुनै पनि हालतमा निषेधित गरिनु हुन्न । यसले पत्रकारिताको गुणस्तर सुधार्ने दाबी गर्न सकिने स्थिति अहिले छँदै छैन । हो, अन्य विषयमा स्नातक गरेकाले कम्तीमा निश्चित अवधिको पत्रकारिताको व्यावहारिक तालिम लिएको भने हुनै पर्छ । अर्को, योग्यता परीक्षामा उत्तीर्ण हुनु भनेको रोजगारी पाउनु नै पनि होइन । यसका लागि पुनः सम्बन्धित सञ्चार माध्यमको परीक्षाबाट पार पाउनु पर्ने अवस्था त छँदैछ ।
प्रतिवेदनमा एकातिर योग्यता तोक्न समिति गठन गर्न सुझाव दिइनुका साथै ‘परीक्षणमा सहभागी हुन चाहिने योग्यता र बुझाउनु पर्ने कागजात नियमावलीमा उल्लेख भएबमोजिम हुनेछ’ उल्लेख छ भने अर्कोतिर ‘... पत्रकारिता तथा अन्य कुनै विषयमा स्नातक गरेर पत्रकारिता पेसामा प्रवेश गर्न लागेका नयाँ जनशक्ति’ले भन्न उल्लेख गरिएको छ । यसले अन्योल सिर्जना गरेको छ । उक्त वाक्यले त भविष्यमा पत्रकार हुन चाहनेले पत्रकारिता र अन्य कुनै विषयमा स्नातक गरेको हुनुपर्ने सुझाएको छ । प्रतिवेदनको समग्र आशय भने यस्तो देखिँदैन । हुनु पर्ने त आमसञ्चार तथा पत्रकारितामा स्नातक वा अन्य कुनै विषयमा स्नातक गरी पत्रकारिता विषयमा निश्चित अवधिको तालिम प्राप्त गरेको पो हो नि होइन र ?
पाठ्यक्रममा परिमार्जन जरुरी
प्रस्तावित पाठ्यक्रममा भाषा परीक्षा, इतिहास, कानुन, पत्रकारितामा विविध आयामलगायत विषयमा परिमार्जन जरुरी छ ।
भाषा परीक्षा ः योग्यता परीक्षा क्रममा पत्रकारिता विषयमा मात्र होइन, भाषिक परीक्षा पनि समावेश हुनु पर्छ । व्याकरणको दृष्टिले भाषा शुद्ध हुन सक्छ तर अर्थको हिसाबले अनर्थ र सत्य तथ्यको हिसाबले गलत हुनसक्छ । ‘पृथ्वी पाउरोटीको आकारको छ । ’ व्याकरणको दृष्टिले अशुद्ध छ तर यो सत्य होइन । भाषा परीक्षा अत्यन्त विवादास्पद विषय हो । मैथिली वा नेपालभाषामा वा अन्य कुनै माध्यम भाषामा पत्रकारिता गर्ने वा गर्न चाहनेका लागि नेपाली वा अङ्ग्रेजी भाषाको परीक्षणले अर्थ राख्दैन ।
प्राज्ञिक होइन, व्यावहारिक ः योग्यता परीक्षा व्यावहारिक सीपको परीक्षणका लागि लिने हो, प्राज्ञिक उपाधिका लागि होइन । पत्रकारिता वा प्रेस काउन्सिलको इतिहास जस्ता पक्षलाई योग्यता परीक्षामा समावेश गरिनु औचित्यपूर्ण देखिँदैन ।
कानुनी पाटो ः प्रस्तावित पाठ्यक्रममा ‘संवैधानिक हकका रूपमा आमसञ्चार
(आमसञ्चार होइन सञ्चार ः लेखक) अधिकार’ र केही आमसञ्चार कानुनअन्तर्गत छापा तथा प्रसारणसम्बन्धी कानुनहरू, गाली बेइज्जती ऐन तथा प्रेस काउन्सिल ऐनको उल्लेख गरिएको छ । कानुनी पाटाको कुरा गर्दा यस अतिरिक्त गोपनीयताको हक (संविधानको धारा २०), श्रमजीवी पत्रकार ऐन, लिखतहरूको गोप्यतासम्बन्धी ऐन, प्रतिलिपि अधिकार ऐन, सूचनाको हकसम्बन्धी ऐन र यी ऐनहरूसँग सम्बन्धित नियमावलीहरू अन्य आवश्यक कानुन दस्तावेज हुन्, जसका बारेमा कुनै पनि पत्रकार जानकार हुनै पर्छ ।
छापा मात्रै किन ः प्रस्तावित पाठ्यक्रम छापा माध्यममा केन्द्रित देखिन्छ । नेपाल र विश्वकै पत्रकारिता पनि हिजो पनि छापा माध्यममा सीमित थिएन, आज पनि छैन । यसर्थ, योग्यता परीक्षाका लागि पाठ्यक्रमको विकास गरिंदा मात्र होइन, योग्यता परीक्षा सञ्चालन गरिँदा समेत यस पक्षमा ध्यान दिनु पर्ने देखिन्छ ।
निष्कर्ष
प्रतिवेदन र पत्रकार योग्यता परीक्षाका सन्दर्भमा बहस गर्न सकिने पक्ष थुप्रै छन् । यसमा पत्रकारिताका गुरु वर्गले मात्र होइन, पत्रकारिताका कुशल अभ्यासकर्ताहरूले पनि सक्रियता देखाउनु जरुरी छ । पत्रकारिता योग्यता परीक्षा वर्तमान समयको आवश्यकता हो । मन्त्री वा सांसद हुन कुनै शैक्षिक योग्यता नचाहिने भन्दै तिनलाई खबरदारी गर्नु पर्ने पत्रकारहरू परीक्षाबाट भाग्न खोज्नु सही होइन ।

Post a Comment