Websoft University

www.radiomakalu.com || 021-522512


लडाकु कमान्डर प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हुने



काठमाडौं,साउन २२ गते। प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पूर्व लडाकु कमान्डर चन्द्रप्रसाद खनाल बलदेवलाई नियत्ती गर्ने भएका छन् । प्रचण्डको नीजि सचिवालय स्रोतका अनुसार बलदेवलाई नियुत्ती गर्ने तयारी भएको छ ।

बलदेव माअ‍ोवादीका स्थायी समिति सदस्य हुन् । दोस्रो संविधानसभामा कपिलबस्तु–१ बाट चुनाव लडेका उनी पराजित भएका थिए ।

यस अघि प्रचण्डले आफ्नो प्रमुख स्वकीय सचिवमा जोखबहादुर महरा र स्वकीय सचिवमा विद्यार्थी नेता रमेश मल्ललाई नियुत्त गरेका छन् । यस अघि प्रचण्डले नेपाल वार एसोसिएसनका पुर्व महासचिव अधिबक्ता रमनकुमार श्रेष्ठलाई नेपाल सरकारको महान्यायाधिवक्तामा नियुत्त गरेका छन् ।

प्रचण्डले तत्कालिन डिभिजन सहायक कमाण्डर दलजीत श्रीपाइलीलाई युवा तथा खेलकुद र ब्रिगेड कमाण्डर गौरीशंकर थारु कृषिमन्त्री नियुक्त गरेका हुन् ।

माओवादी सेनाका पूर्व कमान्डर नन्दबहादुर पुन पासाङ उपराष्ट्रपति भएका छन् ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget