स्वतन्त्र सञ्चार माध्यम लोकतन्त्रको आधार हो । अभिव्यक्ति स्वतन्त्रताको अनुपस्थितिमा मानव अधिकारको अभ्यास सुवासबिनाको फूल बन्न पुग्छ । पारदर्शिताको प्रत्याभूतिका लागि जिम्मेवार पत्रकारिता एउटा सशक्त माध्यम हो भने सूचना प्रवाहको अभावमा सुशासन मात्र परिकल्पनामा सीमित हुनपुग्छ ।
यो सत्यको एउटा पाटो हो भने सत्यको अर्काे पाटो पनि छ । पत्रकारिता सत्य, सन्तुलन र विश्वसनीयतामा उभिन सकेन भने त्यसले समाजलाई सही दिशामा हिँडाउन सक्दैन । परिपक्वता र योग्यताको पखेटा नलागेको सञ्चार माध्यमले लोकतन्त्रलाई अपेक्षित उचाइमा उडाउन सक्दैन । आचार संहितालाई अपनाउन अनकनाउने प्रेस स्वतन्त्रताले मानव अधिकारको सम्मान गर्न सक्दैन ।
प्रविधिको उपलब्धता र सर्वसाधारणमा विकास भएको चेतनाका कारण सञ्चार आज परम्परागत शैलीमा सीमित छैन । सूचना आदानप्रदानको शैलीमा ठूलै रूपान्तरण आइसकेको छ । पत्रकारिता गर्नका लागि औपचारिक रूपमा पत्रकारै बन्नुपर्दछ भन्ने बाध्यता अहिले छैन । नागरिक पत्रकारिताको अभ्यास निकै अगाडि बढिसकेको छ । यसलाई धेरै हदसम्म समाजले स्वीकारिसकेको पनि छ ।
सामाजिक सञ्जाल तथा सजिलो सूचना प्रविधिका कारण कुनै पनि बेला कुनै पनि ठाउँबाट कसैले पनि सूचना सम्प्रेषण गर्न सक्ने अवस्था अहिले छ । यसको अर्थ सूचनामाथि नियन्त्रणको सम्भावना अब इतिहास भइसकेको छ । समाजमा कुनै घटना हुन पाएको हुँदैन, त्यसबारे विभिन्न कोणबाट पस्किएका सूचनाको भीड सामाजिक सञ्जालको चौतारीमा लाग्नु वर्तमानको दैनिकी भइसकेको छ ।
खुलापन तथा अभिव्यक्ति स्वतन्त्रतालाई मानवीय अस्तित्वको न्यूनतम मापदण्डका रूपमा स्वीकारिसकेको वर्तमान युगमा सूचना आदानप्रदान प्रक्रियामा उपलब्ध यो पहुँचलाई मानवीय सभ्यताकै सर्वाेत्कृष्ट उपलब्धि मान्दा फरक नपर्ला । यो सत्य आफ्नो स्थानमा हुँदाहुँदै पनि अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्ने एउटा माध्यमका रूपमा रहेको पत्रकारितामा संलग्न हुनेलाई जिम्मेवार र योग्य बनाउनुपर्दछ कि पर्दैन भन्ने विषय भने बहसयोग्य बनेको छ ।
सूचना दिने तथा लिने हकको पूर्ण प्रत्याभूति वैधानिक रूपमा गर्नका लागि सञ्चार जगत्ले गर्दै आएको सङ्घर्ष कसैबाट लुकेको छैन । सरकारलाई जनउत्तरदायी बनाउनुका साथै सामाजिक विकासमा स्वतन्त्र सञ्चारको महìवलाई स्वीकारी संयुक्त राज्य अमेरिकाको संविधानको प्रथम संशोधनले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेपछि विश्वमा प्रेसलाई पूर्ण स्वतन्त्रता प्रदान गर्ने लहर नै चल्यो ।
नेपालमा पनि विभिन्न चरणमा विविध मात्राका प्रेस स्वतन्त्रतालाई संवैधानिक प्रत्याभूति प्रदान गरिँदै आएको छ भने नेपालको संविधानको प्रस्तावनाले ‘पूर्ण प्रेस स्वतन्त्रता’प्रति प्रतिबद्धता व्यक्त गर्नुका साथै धारा १७ (२) (क) मा विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ भने धारा १९ मा सञ्चारको हकको व्यवस्था गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रतालाई सर्तरहित बनाउनुपर्ने विश्वव्यापी मान्यता रहे पनि यसको कार्यान्वयनका क्रममा अरू व्यक्तिको अधिकार र प्रतिष्ठाको रक्षा, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति र सद्भाव, सार्वजनिक स्वास्थ्यको संरक्षण तथा सामाजिक नैतिकता जस्ता पक्षमा आँच पु¥याउन नहुने कुरामा पनि सर्वस्वीकार्य रहँदै आएको छ । यसका लागि आचारसंहिताको व्यवस्था हुने गरेको छ तर पत्रकारिता क्षेत्रमा जोसुकैको खुला प्रवेश हुन गरेकाले यसको पालना भने सन्तोषजनक रूपमा हुन नसकेको आमगुनासो नभएको होइन ।
दायित्व वा कर्तव्यको अनुपस्थितिमा अधिकारको मात्र खोजी गर्नु अर्काे अराजकता हो । कर्तव्यको बोटमा मात्रै अधिकारको फूल फुल्न सक्छ । दायित्वप्रति उदासिनताको अवस्थामा अधिकार मात्र विलासितामा परिणत हुन्छ । राष्ट्र तथा समाजप्रति गर्नुपर्ने कर्तव्य पूरा गरिसकेपछि मात्रै अधिकारको खोजी उचित हुन्छ ।
पत्रकारिता स्वतन्त्र पेसा हो भने यो पेसा अपनाउन चाहनेमा न्यूनतम योग्यता हुनैपर्दछ । स्वस्थ पत्रकारिता सशक्त र सुयोग्य पत्रकारबाट मात्रै सम्भव हुन्छ । पत्रकारिता आफैमा श्रद्धेय बौद्धिक पेसा हो तर आज पत्रकार भन्नासाथ नाक खुम्च्याउनुपर्ने अवस्था पत्रकारिताको धर्म नबुझेकाहरूको प्रवेशकै कारण सिर्जना भएको हो र पत्रकार बन्नका लागि न्यूनतम योग्यता तोक्ने तथा योग्यता परीक्षा लिनुपर्ने आवश्यकताको अनुभूति पनि यस्तै प्रवृत्तिका कारण भएको हो ।
‘नाम खुलाउन नचाहने स्रोत’का आधारमा काल्पनिक कुरालाई सञ्चार सामग्रीका रूपमा पस्कन दिइरहने हो भने यो कुरा पत्रकारिता स्वयंका लागि आत्मघाती हुन्छ । सानो स्वार्थका लागि कसैलाई पनि धुरी चढाइदिने वा सानो रिसइबिकै कारण कसैको हुर्मतै लिने असंयम अभ्यासका कारण पत्रकारिताको गरिमामा आँच आइरहेको छ ।
पत्रकारिताको धर्मलाई स्पष्ट रूपमा बुझेका सक्षम र सुयोग्य व्यक्तिबाट यो पेसालाई उत्तरदायी, व्यवस्थित, मर्यादित र व्यावसायिक रूपमा निर्वाह गर्दा सामाजिक उन्नयनका लागि ‘अमृत’ हुनसक्छ । यो अभ्यास निहित स्वार्थयुक्त, अपरिपक्व तथा अव्यावसायिक व्यक्तिबाट भएको अवस्थामा सामाजिक सद्भाव तथा विकासका लागि ‘विष’ पनि बन्न सक्छ ।
नेपालमा पत्रकारिता पेसालाई व्यवस्थित र नियमित गर्नका लागि गठित प्रेस काउन्सिल नेपालबाट पत्रकारको योग्यता परीक्षण गर्ने तयारीका क्रममा गठन गरिएको पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदलले साउन २१ गते ‘पत्रकारको योग्यता परीक्षणसम्बन्धी प्रतिवेदन’ सार्वजनिक गरेपछि यससम्बन्धी बहसले पुनः एकपटक जीवन्तता पाउन थालेको छ ।
आजको सन्दर्भमा प्रेस स्वतन्त्रताको निर्विकल्पता कुनै विवादको विषय नभए पनि यसको दुरूपयोग गर्नेबाट यस पवित्र पेसालाई दूषित बन्न नदिने चासोबाटै पत्रकारहरूलाई अग्निपरीक्षाको प्रक्रियाको आवश्यकतासम्बन्धी अनुभूतिको जन्म भएको स्पष्ट छ । चिकित्सकदेखि लिएर सवारीचालक बन्नका लागि पनि स्वतन्त्र निकायबाट लिइने निश्चित योग्यता परीक्षामा सफल हुनुपर्दछ भने पत्रकारिता जस्तो संवेदनशील पेसामा लाग्नयस्तो प्रक्रिया झन् आवश्यक भएको तर्क एकातिर छ भने यस्तो प्रक्रियाले प्रेस स्वतन्त्रताको आकाशलाई साँघुरो बनाउनेको जमात पनि सानो छैन ।
नेपालमा चार दशकदेखि विश्वविद्यालय तहमा पत्रकारिता विषय अध्यापन गरिँदै आएको भए पनि व्यावसायिक पत्रकारका लागि प्रमाणीकरण गर्ने परम्परा भने अभ्यासमा छैन । चर्चामा रहेको प्रतिवेदनले पत्रकारिता व्यवसायका लागि योग्यता परीक्षणको व्यवस्था नहुँदा दिनप्रतिदिन मिडियाको खस्किँदै गएको र सञ्चार माध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता पालनाको स्थिति समेत सन्तोषजनक नरहेकोले मिडियाको गुणस्तर अभिवृद्धि र आचारसंहिता पालनाको स्थितिलाई सुधार गर्नका लागि पत्रकार योग्यता परीक्षण नितान्त आवश्यक भएको निष्कर्ष निकालेको छ ।
संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गराएको अवस्थामा निश्चित प्रक्रियाले योग्य ठहरेकाले मात्रै यो पेसा अपनाउन पाउने व्यवस्थालाई विरोधाभासपूर्ण मान्न नसकिने होइन तर पूर्ण प्रेस स्वतन्त्रतालाई स्वच्छन्दताका रूपमा लिन मिल्छ कि मिल्दैन भन्ने प्रश्नको उत्तर पनि आवश्यक देखिन्छ । पत्रकारिताको आचारसंहितालाई कौडीको भाउ दिने र यसलाई आफ्नो दुनो सोझ्याउने साधन बनाउन नहिच्किचाउने प्रवृत्तिलाई खुला छोड्ने हो भने यो स्वतन्त्रता प्रत्यूत्पादक नहोला र ?
प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई यस व्यवस्थाले घुमाउरो पाराले सङ्कुचन गर्नसक्ने चिन्ता पत्रकारहरूको हक र सुरक्षासँग सम्बन्धित विभिन्न संस्थाले व्यक्त गरेका छन् तर पत्रकार बन्नका लागि न्यूनतम योग्यता आवश्यक भएको तथ्यमा भने कसैको विवाद छैन । विश्वका अधिकांश राष्ट्रमा पत्रकारिता पेसा अपनाउन कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्दछ । नेपालका कतिपय सञ्चार गृहहरूले पनि यस मापदण्डलाई अपनाउने गरेका छन् तर पूर्ण रूपमा यसलाई सबैले लागू गर्न भने सकेका छैनन् ।
हुनत योग्यताको परीक्षाको सँघार पार गर्न सफल हुनेबाट मात्रै स्वस्थ एवं स्तरीय पत्रकारिता सम्भव हुन्छ नै भन्न त सकिँदैन । मेडिकल काउन्सिलबाट अनुमतिपत्र लिएका चिकित्सकबाट सर्वसाधारणको उपचारका क्रममा गम्भीर गल्ती भएका उदाहरण प्रशस्त छन् भने यस्तै प्रक्रियाबाट पेसागत अनुमतिपत्र पाएका विमानचालकहरूबाट पनि यात्रुको ज्यान जोखिममा नपरेको होइन ।
यो यथार्थ भए पनि पत्रकारिता क्षेत्रले गुमाउँदै गएको विश्वसनीयता र प्रतिष्ठा जोगाउनका लागि पनि पत्रकारिता पेसामा छानिएका सुयोग्य एवं पत्रकारिता धर्मप्रति संवेदनशील कर्मीका लागि ढोका खोल्ने संयन्त्रको आवश्यकतालाई गौण मान्न सकिँदैन । पत्रकारिता क्षेत्रमा उपस्थित विसङ्गति, विकृति तथा बेथितिलाई शुद्धीकरण गरी यसलाई नियमित एवं व्यवस्थित गर्न यस्तो व्यवस्थाले उल्लेख्य योगदान गर्नसक्ने देखिन्छ ।
पत्रकारितालाई ‘आवाजविहीनहरूको आवाज’का रूपमा सम्मान गरिन्छ । योग्यता परीक्षणको यस व्यवस्थाबाट नेपाली समाजमा परम्परादेखिको विभेदका कारण उत्पीडित, पिछडिएका तथा सीमान्तीकृत वर्गलाई भने यस क्षेत्रमा प्रवेश गर्न कठिनाइ हुने देखिन्छ । आर्थिक एवं सामाजिक विभेदका कारण शिक्षाको घामबाट वञ्चित हुँदै आएकाको आवाजलाई समेट्नका लागि ती वर्गका लागि विशेष आरक्षणको व्यवस्था गर्नु वाञ्छनीय देखिन्छ ।
पत्रकारको योग्यता परीक्षणसम्बन्धमा थालिएको प्रक्रियाका कारण जन्मेको सबैभन्दा ठूलो चिन्ता भनेको यो प्रक्रिया पत्रकारितामाथि राज्यको नियन्त्रणका लागि साधन नबनोस् भन्ने नै हो । पत्रकारिता सबै प्रकारका नियन्त्रणबाट स्वतन्त्र हुनुपर्दछ भन्ने अन्तर्राष्ट्रिय मान्यता अक्षुण्ण राख्न यस्तो नहुने अवस्थाको प्रत्याभूति राज्यले गर्नुको विकल्प छैन । पत्रकारिताको स्तरीयता र विशुद्धतालाई कायम गर्ने सोद्देश्यकै लागि यो व्यवस्था लागू गर्ने हो भने यस प्रक्रियाका लागि सक्षम, सुयोग्य र निष्पक्ष विशेषज्ञहरू संलग्न भएको स्वतन्त्र जिम्मेवार निकाय गठन गरिनुपर्दछ भने उक्त निकाय राज्यको हस्तक्षेपबाट मुक्त हुनैपर्दछ ।

Post a Comment