काठमाडौं , साउन १८ गते । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज उम्मेदवारी दर्ताको हुँदै छ ।
व्यवस्थापिका–संसद्को कुनै सदस्यले आफूलाई
नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित
गरियोस् भनी मंगलबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता
गर्न पाउने गरी कार्यतालिका तोकिएको छ ।
उम्मेदवारले नयाँ बानेश्वरस्थित संसद्
भवनको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गराउनुपर्ने निर्वाचन
समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
निर्धारित समयभित्र दर्ता भएका
उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार संसद् भवनको सूचना पार्टीमा अपराह्न
साढे ४ बजे सूची प्रकाशन गर्ने कार्यतालिका छ ।
संसद्को बुधबारको बैठकमा प्रधानमन्त्रीका
सबै उम्मेदवारको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन
गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल गर्ने र सबै
उम्मेदवारीलाई एकैसाथ निर्णयार्थ प्रस्तुत गर्ने गरी बिहान ११ बजे
कार्यतालिका तोकिएको छ ।
Post a Comment