Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्र बैंकले आज १५ दिनका लागि २० अर्ब निक्षेप उठाउने


Nrb-810

काठमाडौं,साउन २६ गते । नेपाल राष्ट्र बैंकले आज बैंकहरुबाट १५ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप उठाउँदैछ । बैंकिङ प्रणालीमा २५ अर्ब रुपैयाँभन्दा बढी अधिक तरलता रहेको र त्यसको व्यवस्थापनका लागि बोलकबोलमार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अनलाइनखबरलाई बताए ।

राष्ट्र बैंकले बुधबारदेखि व्याजदर करिडोर कार्यान्वयन गर्दैछ । बुधबारको निक्षेप बोलकबोलका लागि राष्ट्र बैंकले ०.३०४५ प्रतिशत व्याजदर तोकिदिएको छ । यसअघि बैंकहरुले गरेको गोप्य बोलकबोलबाट भारित औषतमा व्याजदर निर्धारण हुन्थ्यो ।

२ दिन अघिको बैंकहरुको अन्तर बैंक कारोबारको व्याजदरमा ०.०१ प्रतिशतले घटाएर करिडोरको व्याजदर निर्धारण गरिएको हो ।व्याजदरलाई स्थिर राख्ने उद्देश्यले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौदि्रक नीतिमा करिडोर कार्यान्वयन गर्ने घोेषणा गरेको थियो ।

तत्कालीन गभर्नर डा. युवराज खतिवडाले पहिलोपटक आर्थिक वर्ष २०६९/७० मा व्याजदर करिडोरको अवधारणा सार्वजानि गरेका थिए । तर, मौदि्रक उपकरण नहुँदा उनले करिडोरको कार्यान्वयन गर्न सकेका थिएनन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget