Websoft University

www.radiomakalu.com || 021-522512


किशोरीका हात खुट्टा बाँधेर रातभर बलात्कार

Girl-Raped
सांकेतिक तस्वीर
रौतहट,साउन २७ गते । रौतहटमा १३ वर्षीया एक किशोरीलाई रातभरि बन्धक बनाएर एक युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । रौतहटको पचरुखी गाविसमा खेतमा घाँस काट्न गएकी किशोरीलाई गाउँकै १८ वर्षीय एक युवकले हात खुट्टा बाँधेर रातभर बलात्कार गरेका हुन् ।

मंगलबार घाँस काट्न गाउँभन्दा पश्चिम राजपुरतुल्सीतिर गएका बेला छतौना टोलका राजेश महराले कोही नभएको मौका छोपेर जबरजस्ती बलात्कार गरेको पीडितले बताइन् ।

घाँस काट्न गएकी छोरी मंगलबार राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तले खोजतलास शुरु गरेका थिए । बुधवार दिउँसो २ बजे साँझ खोला नजिकको धान खेतमा हात-खुट्टा बाँधिएको र अचेत अवस्थामा किशोरी फेला परेकी थिइन् । उनलाई परिवारका सदस्यहरुले घरमा ल्याएपछि उनको होस खुलेको थियो ।

राजेश महराले हात-खुट्टा बाँधेर रातभर बलात्कार गरेको र बिहान उज्यालो भएपछि बाँधेकै अवस्थामा छाडेर फरार भएको किशोरीले आफ्नी आमालाई बताएकी छन् ।

‘छोरीले बेलिबिस्तार लगाएपछि घटनाबारे थाहा भयो,’ उनकी आमाले भनिन् ।

पीडितको ठाडो उजुरीका आधारमा प्रहरीले युवकको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा गौरमा स्वास्थ्य परिक्षण गराउने र घटनाको गहन अनुसन्धान गरिने डिएसपी भण्डारीले बताए ।-  गौतम श्रेष्ठ, अनलाइनखबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget