Websoft University

www.radiomakalu.com || 021-522512


काभ्रे बस दुर्घटना - मृतकको सङ्ख्या तेत्तीस

 

काठमाडौँ, साउन ३१ गते । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।

काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।



दुर्घटनामा ४३ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कात्तिके देउराली, प्रहरी चौकी फलाँटे तथा दोलालघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली उद्धारमा खटिएको छ ।



घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । घटनास्थलमा उद्धार जारी रहेको प्रहरीले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget