Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्ड सरकारमा जाने कि नजाने भनेर राप्रपा नेपालमा विवाद

Kamal-Thapa

काठमाडौं, साउन १८ गते । सरकारमा जाने कि नजाने भन्ने विषयमा राप्रपा नेपालमा विवाद भएको छ । नेताहरुबीच चरम मतबिभाजन भएपछि राप्रपा नेपालले मंगलबारको बैठकबाट कुनै निर्णय लिन सकेन ।

मंगलबार राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । बैठकमा २४ जना नेताहरुले धारणा राखेका थिए ।

‘बैठकमा मिश्रति धारणा आयो । मत बिभाजन भएपछि बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ,’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने ।

श्रेष्ठका अनुसार बैठक बुधबार बिहान नौ बजे बस्ने छ ।

बैठकमा नेताहरुले सरकारलाई भन्दा राप्रपासँगको एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

‘राप्रपा नेपाल र राप्रपाको एकता प्रक्रिया टुंगोमा पुर्‍याएर मात्रै सरकारको विषयमा सोंच्नुपर्छ भन्ने मत आएको छ,’ श्रेष्ठले भने ।

राप्रपा नेपाल र राप्रपाले एकअर्का दलसँग एकता गर्ने निर्णय यसअघि नै गरिसके पनि एकता प्रक्रियामा खासै प्रगति हुन नसकेको नेताहरु बताउँछन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget