Websoft University

www.radiomakalu.com || 021-522512


दुर्घटना बढेपछि जाग्यो चितवन प्रहरी, चेकजाँचमा कडाइ



चितवन भदौ १२ गते । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएपछि चेकजाँचमा कडाइ थालिएको छ भने संवेदनशील क्षेत्रमा ट्राफिक चिह्न र सुरक्षाबार राखिने भएको छ ।



शुक्रबार बिहान बस र शनिबार बिहान ट्रक त्रिशूली नदीमा खसेपछि सुरक्षा निकाय र सडक डिभिजनको समन्वयमा सो सडक क्षेत्रमा आजैबाट ट्राफिक चिह्न र सुरक्षाबार निर्माण गर्ने कार्य थालिने भएको हो । चितवनको मौवाखोलादेखि आँपटारीसम्मको सडक क्षेत्रमा यो कार्य गरिने छ ।

सो सडकखण्डको मध्ये क्षेत्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायसहितको टोलीले शनिबार निरीक्षण गरी तत्काल काममा सहयोग पु¥याउन मातहतका प्रहरीलाई निर्देशन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सो सडकको संवेदनशील क्षेत्रहरूमा सवारी साधन ठोक्किँदासमेत तल नखस्ने गरी प्यारामिटर र ग्याभिन बार लगाइने भएको छ ।
सडकको अवस्थाका बारेमा चालकलाई जानकारी होस् भन्नका लागि अधिकतम ठाउँमा ट्राफिक सङ्केत चिह्न राखिने कुँवरले बताए ।

मुग्लिनबाट मौवाखोलासम्म भने डिभिजन सडक कार्यालय भरतपुरले यो काम गर्ने छ ।
शुक्रबार बस दुर्घटना भएको स्थान अत्यन्त संवेदनशील भएकाले उक्त स्थानमा आजै साँझसम्म ग्याभिन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको कुँवरले बताए ।
सो स्थानबाट बस त्रिशूलीमा खस्दा २२ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते छन् ।

अर्कोतर्फ प्रहरीले सवारी साधनमाथिको चेकजाँचलाई समेत कडाइ गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालका अनुसार, नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै जाने सवारी साधनलाई जुगेडीमा चेकजाँच थालिएको छ ।

काठमाडौँबाट पोखरातर्फ जाने आउने सवारी साधनलाई मुग्लिन, पूर्वबाट आउने सवारी साधनलाई भण्डारा र पूर्व जाने सवारी साधनलाई गोन्द्राङमा कडाइका साथ चेकजाँच थालिएको भेटवालले बताए ।

चितवन हुँदै दैनिक छदेखि सात हजार सवारी साधन ओहोरदोहोर गर्ने ट्राफिक प्रहरीको तथ्याङ्क छ ।-रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget