Websoft University

www.radiomakalu.com || 021-522512


तीन करोडको लागतमा झोलुङ्गे पुल निर्माण सुरु

फाइल फोटो
फाइल फोटो
बाबियाचौर (म्याग्दी)। म्याग्दीको बेगखोलामा तीन करोडभन्दा बढीको लागतमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । जिल्ला विकास समितिमार्फत बेग ५ र ७ नम्बर वडाको सीमा क्षेत्रमा रहेको बेगखोला माथि तीन करोड २२ लाख नौ हजार ५५२ रूपैयाँको लागतमा ३६५.८ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको हो ।


एक सय मिटरभन्दा बढी उचाइ रहने यो पुल निर्माण भएपछि म्याग्दीको कालीगण्डकी भेगका १० गाविसका तीन हजार ५०० घरधुरी लाभान्वित हुने स्थानीय विकास अधिकारी चिरञ्जस्वी पौडेलले जानकारी दिए ।

उहाँका अनुसार एलएसटिबी प्रविधिको यो पुल २०७४ जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तीन घन्टाको घुमाउरो बाटो पुल बनेपछि ३० मिनेटमा छोटिने उपभोक्ता समितिका अध्यक्ष नेत्र पुनले बताए।

बेग र बादुकका बासिन्दालाई आवतजावत गर्न भिर, जङ्गल र खोल्साखाल्सी भएको बाटोमा तीन घन्टा पैदल हिँड्नुपर्ने समस्या रहेको छ ।

पुल निर्माणपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुनुका साथै बेगखोला पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुने अपेक्षा गरिएको छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget