Websoft University

www.radiomakalu.com || 021-522512


बङ्गलादेशका पूर्व सांसदले मृत्युदण्डविरुद्ध अपिल गर्ने


Image result for bangladesh
ढाका, साउन ३० गते । बङ्गलादेशका पूर्व सांसद सेखावत हुसैनले आफुलाई दिइएको मृत्युदण्डको सजायका विरुद्धमा सर्वाेच्च अदालतमा अपिल गर्ने भएका छन् ।

यहाँको युद्धअपराधसम्बन्धी एक विशेष अदालतले यहाँका पूर्व सांसद हुसैनलाई मृत्युदण्डको सजाय सुनाएको समाचारमा जनाइएको थियो ।

चार दिनअघि उक्त अदालतले सुनाएको सो फैसलाका विरद्धमा सांसद हुसैनले यस्तो अपिलको निर्णय गरेको उनका अधिवक्ताले जानकारी दिएको आइतबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

उक्त अदालतले उनीसहित अरु सातजना राजनीतिकर्मीलाई पनि युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको थियो ।

सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा ती सांसदले युद्धअपराध गरेको ठहर सो अदालतले गरेको छ । तिनै सांसदलाई सघाएको आरोपमा नै अरु सात जनालाई उक्त अदालतले जन्मकैँदको सजाय सुनाएको हो ।

त्यस समयका राजनीतिक दलका नेता सेखावत हुसैनले सन् १९७१ के स्वतन्त्रता संग्रामको समयमा स्वतन्त्र बङ्गलादेशको पक्षमा लागेका नागरिकको हत्या गरेका थिए । उनीमाथि हत्या, बलात्कार र लुटपाटको आरोप छ ।

बङ्गलादेशको राजधानी ढाकामा रहेको युद्धअपराधसम्बन्धी अदालतमा भइरहेको सुनुवाईपछि सो अदालतले उनलाई गत बुधबार दोषी ठहराएको थियो ।

सेखावत हुसैन सन् १९९१ म बङ्गलादेशको सांसद भएका थिए । अहिले पनि उनी बङ्गलादेशका एकजना राजनीतिकर्मी नै हुन् ।

बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले सन् २००९ मा सो युद्धअपराधसम्बन्धी अदालत स्थापना गर्नुभएको हो । त्यसयता यस अदालतले बङ्गलादेश स्वतन्त्रताको क्रममा सन् १९७१ ताका भएका युद्धअपराधहरुको छानबीन गरी दर्जनौँ नेतालाई सजाय सुनाएकोछ ।

बङ्गलादेशले सुरु गरेको स्वतन्त्रता सङ्ग्रामको समयमा भएको आमहत्या, बलात्कार, एवम् कैयौं ज्यादतिका विरुद्धमा यस अदालतले कारबही गर्दै आएको छ ।
त्यस समयमा बङ्गलादेशम व्यापक मात्रामा युद्ध अपराध भएको बताइएको थियो । रासस÷ सिन्ह्वा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget