Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापाले भने- सरकार आउने जाने भइरहन्छ

परराष्ट्र र स्थानीय विकास मन्त्रालयले नीतिगत निर्णय नगर्ने
Kamal-Thapa
काठमाडौं,असार २९ गते  । उपप्रधानमन्त्री कमल थापाले परराष्ट्र र स्थानीय विकास मन्त्रालयमा कुनै पनि नीतिगत निर्णयहरु नगर्ने बताएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालय र स्थानीय विकास मन्त्रालयका सचिव एवं उच्च सरकारी अधिकारीलाई बेग्लाबेग्लै भेला गराएर मन्त्री थापाले ‘विदाइ भेट’ गरे ।
उपप्रधानमन्त्री थापाले परराष्ट्र र स्थानीय विकास दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
कर्मचारीसँग विदाइ भेटका अवसरमा मन्त्री थापाले सरकार आउने-जाने भइरहनु सामान्य भएको बताए । आफूले मन्त्रालयमा काम गर्दा सहयोग पुर्‍याएको भन्दै मन्त्री थापाले कर्मचारीहरुलाई धन्यवादसमेत दिए ।
अब सरकार परिवर्तन हुने अवस्था देखिएको र माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा मन्त्रालयमा आए पनि आफूले कुनै पनि नीतिगत निर्णय नगर्ने थापाले कर्मचारीहरुलाई जानकारी दिए ।
विदाइ भेटका अवसरमा दुबै मन्त्रालयका सचिवहरुले राम्रो नेतृत्व पाएको भन्दै कमल थापाको प्रशंसा गरे ।
राप्रपा नेपालको बैठक
यसैवीच मन्त्रालयमा कर्मचारीहरुसँग विदाइ भेट गरेपछि थापा आफ्नो पार्टीको बैठकमा जुटेका छन् ।
सिंहदरबारस्थित राप्रपा नेपाल दलको कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अनलाइनखबरलाई बताए ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget