Websoft University

www.radiomakalu.com || 021-522512


टीकापुर घटनापछि थारु समुदायमाथि ज्यादती: एम्नेष्टी

पक्राउ परेकाहरुलाई यातना र दुर्व्यवहार भएको दाबी
काठमाडौं, साउन ४ गते । एम्नेष्टी इन्टरनेशनले कैलालीको टीकापुर घटनापछि थारु समुदायमाथि प्रहरीले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले थारु समुदायका मानिसहरुलाई मनपरी ढंगले गिरफ्तार गरेको, यातना दिएको र दुर्व्यवहार गरेको उसले बताएको छ ।

कैलाली सदरमुकाम धनगढीस्थित जेलमा रहेकाहरुलाई भेटेपछि एम्नेष्टीले यो रिपोर्ट सार्वजनिक गरेको हो । जहाँ टीकापुर घटनापछि हत्या, हत्या प्रयास र चोरीको आरोपमा पक्राउ परेकाहरुलाई राखिएको छ ।

गत भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपीसहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो ।

थारु समुदाय लामो समयदेखि पछाडि पारिएको समुदाय भएको भन्दै एम्नेष्टीका दक्षिण एसिया निर्देशक चम्पा पटेलले भनिन्, ‘यो कहिलेकाहीँ मात्र हुने घटना होइन ।’

एम्नेष्टीका अनुसार जेलमा रहेका १९ मध्ये १८ जनाले पक्राउ परेदेखि नै यातना दिइएको बताएका छन् । एक अभियुक्तले आफूलाई पक्राउ गरेलगत्तै पिट्न थालेको र कुटाइका कारण आफू बेहोस भएको बताएका छन् ।

अर्का अभियुक्तले बाँसको लठ्ठी, बुट, हातका साथै प्लास्टिकको पाइपले कुट्ने गरेको बताएका छन् । आफूहरुलाई मानवीय व्यवहार नगरेको भन्दै एक अभियुक्तले प्रहरीले खैनी खाएर आफ्नो अनुहारमा थुकेको सुनाएका छन् ।

एम्नेष्टीका अनुसार अधिकांशलाई प्रहरीले बलपूर्वक अपराध कबुल गर्न लगाएको छ । प्रहरीको कुटपिटपछि अभियुक्तहरुलाई उपचार समेत नदिएको उनीहरुको आरोप छ ।

अदालतको आदेशपछि रामप्रसाद चौधरीले भने उपचार पाएका छन्, जो प्रहरीको कुटपिटका कारण विरामी भएका थिए । बाँकीले भने उपचार नपाएको एम्नेष्टी इन्टरनेशनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

एम्नेष्टीले टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुमाथि भएको यातनाबारे छानविन गर्न स्वतन्त्र आयोग गठनको माग गरेको छ । साथै उनीहरुलाई उपचारको उचित बन्दोबस्त गर्न माग गरेको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget