Websoft University

www.radiomakalu.com || 021-522512


कीर्तिमानी मूल्यमा हिगुइन युभेन्टस गए

Gonzalo-Higuain

काठमाडौं, साउन १२ गते । युभेन्टसले अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनलाई नापोलीबाट ७५.३ मिलियन पाउण्डमा भित्र्याएको छ ।

२८ वर्षे हिगुइनले पाँच वर्षे सम्झौता गरेका छन् । क्लबले तिर्ने रकम भने ९० मिलियन युरो छ, जुन दुई किस्तामा दिइनेछ ।

यससँगै फ्रान्समा जन्मिएका अर्जेन्टिनी फवार्ड हिगुइनको ट्रान्सफर तेस्रो महंगो बनेको छ । एउटै देशको एक क्लबबाट अर्को क्लबमा भने यो कीर्तिमानी मूल्य हो ।

हिगुइनअघि रियल मडि्रडले रोनाल्डोलाई ८० र ग्यारेथ बेललाई ८५ मिलियन पाउण्डमा किनेको थियो । एउटै लिगको क्लबमा भने फर्नान्डो टोरेसलाई चेल्सीले लिभरपुलबाट किनेको ५० मिलियन नै यसअघिको कीर्तिमानी ट्रान्सफर रकम थियो ।

हिगुइन २०१३ मा रियल मडि्रडबाट ३४.५ मिलियन पाउण्डमा नापोली गएका थिए । यो पटक उनी आर्सनल आउने सम्भावना थियो । तर, उसले यति रकम खर्च गर्न चाहेन ।

हिगुइन युभेन्टस गरेपछि पल पोग्बोलाई म्यानचेष्टर युनाइटेड आउने बाटो खुलेको अनुमान गरिएको छ ।

हिगुइनले गत सिजन सिरिए मा सर्वाधिक ३६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । तर, उनको क्लब नापोली भने युभेन्टसभन्दा पछि रहँदा उपविजेतामात्र बन्न सक्यो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget