Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको निधन



काठमाडौं, असार १७ गते । संघीय समाजवादी फोरम नेपालका नेता एवं पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको ७५ वर्षको उमेरमा निधन भएको छ ।

मानन्धरको हृदयघातका कारण शुक्रबार विहान १० बजेर ४५ मिनेटमा निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनको दुई महिना अघि मात्र भारतको इन्दिरा गान्धी अस्पतालमा क्यान्सरको उपचार गरिएको थियो ।

मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् । एउटा छोरा भारतमा रहेकाले भोलि मात्र अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका मानन्धर अहिले संघीय समाजवादी फोरमको सल्लाहकार समिति प्रमुख थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget