Websoft University

www.radiomakalu.com || 021-522512


कोहलीको वेष्ट इन्डिजविरूद्ध टेष्टमा पहिलो सतक



एन्टिगुआ, असार ७ (एजेन्सी)– टेष्टमा अस्ट्रेलियाविरूद्ध ६ वटा सतक बनाएका भारतीय कप्तान विराट कोहलीले वेष्ट इन्डिजविरूद्ध पहिलो सतक पुरा गरेका छन्।

बिहिबार एन्टिगुआमा सुरु भएको वेष्ट इन्डिज र भारतबीचको पहिलो टेष्टमा उनले अविजित १ सय ४३ रन बनाएका छन्। टेष्टमा यो उनको १२ औं सतक हो। कोहली र अर्का प्रारम्भिक ब्याट्सम्यान शिखर धवनको १ सय ५ रनको साझेदारीका कारण भारतले पहिलो दिन ३ विकेटको क्षतिमा ३ सय २ रन बनाएका छन्। धवनको वेष्ट इन्डिजमा यो पहिलो टेष्ट हो। उनले ८४ रन बनाए। यी दुई ब्याट्सम्यानले पछिल्लो तीन टेष्टमा तेस्रो विकेटका लागि तेस्रो सतकको साझेदारी गरेका हुन्।

कप्तानको भूमिकामा कोहलीको पनि वेष्ट इन्डिजमा यो पहिलो टेष्ट हो। उनी टेष्टमा आफ्नो उत्कृष्ट व्यक्तिगत प्रदर्शनको नजिक रहेका छन्। उनले अस्टे्रेलियाविरूद्ध सन् २०१४ मा मेलबोर्नमा १ सय ६९ रनको सर्वाधिक व्यक्तिगत रन बनाएका थिए। ८०' को दशकमा वेष्ट इन्डिज ५ बलरसहित टेष्टमा उत्रिने गर्दथ्यो। त्यो परम्परालाई पछिल्लो समय वेष्ट इन्डिजले निरन्तरता नदिए पनि कोहलीले यसपालि प्रयोगको रूपमा अपनाएका छन्। उनी ५ विशेषज्ञ बलर र एक विकेटकिपर सहित ५ विशेषज्ञ ब्याट्सम्यान मात्र बोकेर एन्टिगुआ टेष्टमा उत्रिएका छन्।

वेष्ट इन्डिजका महान अलराउन्डर भिभियन रिचर्ड्सको नाममा रहेको एन्टिगुआको नर्थ साउन्डस्थित रंगशालामा उत्रिनुअघि कोहलीले रिचर्ड्ससँग भेट गरेका थिए । सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget