Websoft University

www.radiomakalu.com || 021-522512


गच्छदार कांग्रेस-माओवादी समिकरणमा सहभागी हुनसक्ने

नयाँ बन्ने सरकारमा सम्मानजनक स्थान दिए गच्छदार साउन ६ गते अगावै सरकारबाट बाहिरिने


प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावसँगै बदलिएको सत्ता समिकरणमा सत्तारुढ दल फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक भेटवार्ता गरेका छन्।

एमालेसँगको ९ महिना लामो सहयात्रा तोड्दै कांग्रेस र मधेसी मोर्चाको सहयोगमा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउने स्थिति सुनिश्चित हुँदै गएपछि गच्छदारले प्रचण्डलाई भेटी नयाँ समिकरणमा सहभागी हुन सक्ने संकेत दिएको लाजिम्पाट निकट स्रोतले बताएको छ।

‘ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि गच्छदारले अध्यक्ष प्रचण्डसँग दुई पटक भेटवार्ता गर्नुभयो,’ प्रचण्ड निकट स्रोतले सेतोपाटीसँग भन्यो।

नयाँ बन्ने सरकारमा आफ्नो सम्मानजनक स्थान सुनिश्चित हुने अवस्थामा गच्छदार पनि साउन ६ गते अगावै सरकारबाट बाहिरिएर कांग्रेस, माओवादीको अविश्वास प्रस्तावमा साथ दिन सक्ने सम्भावना भएको कांग्रेस र माओवादी नेताहरूले दाबी गरेका छन्।

कांग्रेस र माओवादीले आफ्ना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै दुई दलका कतिपय नेताहरुले मधेसी मोर्चाका अतिरिक्त फोरम लोकतान्त्रिकका गच्छदार पनि समर्थनमा उभिन तयार भएको दाबी गर्दै संसद भवनमा केही समय कुरेर बसेका थिए।

तर गच्छदारलाई नयाँ समिकरणमा सहभागी गराउने विषयमा आन्दोलनरत मधेसी मोर्चाको सबैभन्दा ठूलो आपत्ति रहदै आएको छ।

मोर्चाका नेताहरुले सत्ताको लागि मधेसी र थारुहरुको आन्दोलन अलपत्र पारी एमाले नेतृत्वमा सहभागी भएका गच्छदारलाई सहभागी गराउन नहुने अडान लिदै आएका छन्।

त्यस अतिरिक्त कतिपय कांग्रेस भित्रैका नेता तथा कार्यकर्ताहरुले लामो समय कांग्रेसबाट सत्तामा रहेर पार्टीबाट बाहिरिदै राजनीतिक अस्थिरतामा सहभागी हुने प्रवृतिका कारण उनलाई अहिले नै विश्वास गरी पदका लागि आउन तयार भए भन्दैमा सहभागी गराउन नहुने सुझाव नेतृत्वलाई दिदै आएका छन्।बिष्णु बुढाथोकी, सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget