Websoft University

www.radiomakalu.com || 021-522512


पौडेलको प्रस्ताव अस्वीकृत, अविश्वासको प्रस्ताव फिर्ता नलिने तीन दलको निर्णय


deuba prachanda upendra

काठमाडौं, साउन ७ गते । कांग्रेस, माओवादी र मधेसी मोर्चाले सहमतिको लागि भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले अघि सारेको बिकल्प अस्विकार गरेका छन् । तीन दलले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट पारेका छन् ।

बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विकल्पसहितको नयाँ प्रस्ताव पेश गरेका थिए ।

शुक्रबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठकले अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नलिने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले सञ्चारकर्मीसँग भने, ‘अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । आजबाट हामी प्रधानमन्त्रीको राजीनामा माग्दैनौं ।’

उनले संसदमा बजेट आश्रित विधेयक नभइ सिधैं अविश्वासको प्रस्तावमा पहिले छलफल हुनुपर्ने बताए ।

दलहरुबीच अविश्वासको प्रस्ताव पहिले कि विधेयक पहिले संसदमा छलफल गर्ने भन्नेमा विवाद छ ।

कांग्रेस, माओवादी र मधेसवादी दलको बैठकमा आगामी सरकारबारे पनि छलफल भएको थियो । बैठकमा मोर्चाका नेताहरुले मधेसवादी दलका माग सम्बोधनको सुनिश्चितता मागेका थिए । कांग्रेस र माओवादीका नेताहरुले आफूहरुबीच भएको सात बुँदे सम्झौतामै आन्दोलनरत मधेसी मोर्चा लगायतका दललाई सहमतिमा ल्याउने उल्लेख भएकाले शंका गर्नु नपर्ने बताएका थिए ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै सात बुँदे सहमतिको एक नम्बर बुँदामा जनाइएको प्रतिबद्धताअनुसार नै मधेसवादीका माग सम्बोधन हुने बताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget