Websoft University

www.radiomakalu.com || 021-522512


दुई राप्रपाबीच भोलि एकता घोषणा हुने


दुई राप्रपाबीच भोलि एकता घोषणा हुने


काठमाडौं , साउन १० गते । लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपा र कमल थापाबाट विद्रोह गरेर बनेको राप्रपा नेपाल समानान्तरबीच मंगलबार एकता घोषणा हुने भएको छ ।

दुवै पक्षका नेतृत्वपंक्ति सहितको उपस्थितिमा राप्रपा तथा राप्रपा नेपाल समानान्तरको एकीकरण सार्वजनिक गरिने बताइएको छ । ‘एकीकरण सम्बन्धी सबै आन्तरिक सहमति निश्चित भइसकेको छ, यही उपलब्धि घोषणा सभामार्फत सार्वजनिक गरिने सहमति भएको छ,’ राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले बताए ।

नेपाल राजनीति तथा समाजको विकासक्रमलाई सही मार्ग ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकताको आम माग भए अनुरुप दुई समान पृष्ठभूमी भएका दलहरुको एकता हुन गइरहेको उनको भनाई छ ।आम जनता र कार्यकंर्ताबाट पार्टी एकीकरणको चाहना अभिव्यक्त भए बमोजिम दुई पक्षको वार्ता टोली एकता प्रयासमा जुटेका थिए । राप्रपाको तर्फबाट कोषाध्यक्ष एवं वार्ता संयोजक निलकण्ठ काफ्ले तथा राप्रपा नेपाल समानान्तरको तर्फबाट महामन्त्री एवं वार्ता संयोजक श्याम तिमल्सिना बीचको वार्ता टोलीहरु आन्तरिक गृहकार्यमा जुटेको थियो । दुई पक्षबीच विभिन्न चरणमा वार्ताहरु सम्पन्न भएको थियो ।

‘एकता प्रयासको सफलताले पार्टीपंंक्तिमा नयाँ उर्जा संचार गर्नेछ, यो उपलब्धि पार्टी निर्माणको सन्दर्भमा महत्वपूर्ण कोशेढुंगाको रुपमा स्थापित हुनेछ,’ राप्रपाका वार्ता संयोजक निलकण्ठ काफ्लेले भने ।

‘मुलुकको विकासक्रमलाई सही मार्गमा अभ्यस्त गराउन राष्ट्रवादी, सम्वद्धर्नवादी शक्तिहरु एकजुट हुनुपर्छ भन्ने जनचाहना अनुकूल पार्टी एकीकरण तय भएको छ । राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिको निर्णायक भूमिका आवश्यक भएकोले शक्ति संचयमा हामी जुटेका हौं,’ राप्रपा नेपाल समानान्तरका वार्ता संयोजक श्याम तिमल्सिनाले बताए ।

२०४६ को राजनीतिक परिवर्तन सँगै वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभिन्न समयकालमा विभाजित भएर छुट्टाछुट्टै स्वरुपमा संगठित थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget