Websoft University

www.radiomakalu.com || 021-522512


डा. केसीको समर्थनमा बृहत सञ्जाल गठन, डा. बाबुराम पनि सहभागी

 Dr.-Govinda-KC,Hunger Strike



काठमाडौं , साउन ४ गते । आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अभियोनको पक्षमा बृहत सञ्जाल गठन भएको छ ।

विभिन्न राननीतिक दल, विद्यार्थी संगठन, नागरिक सञ्जाल र अभियान्ताहरुको भेलाले सोलिडारिटी फर डा. गोविन्द केसी एलायन्स गठन गरेको छ ।

डा. जीवन क्षेत्रीले संयोजक गरेको भेलामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील नेपाली दलका उज्जल थापा, अनेस्ववियु क्रान्तिकारीका राम नेपाली थिए । यस्तै नेपाल रेजिडेन्ट डक्टर्स सएशोसिएनका नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी लगायत सहभागी थिए ।

शिक्षण अस्पतालमा भएको भेलाले साउन ८ गते शनिबार माइतीघर मण्डलाबाट बानेश्वरसम्म बृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । डा. केसीको स्वास्थ्य नाजुक बन्दा समेत राज्यले सम्बोधन नगरेको र समस्या समाधानका लागि पहल समेत नगरेको भेलाको ठहर छ ।

राज्यसँग चलिरहेको अनौपचारिक सम्वादलाई कायम राख्दै सकेसम्म छिटो वार्ता गर्न दबाव दिने र सबै उपाय अपनाएर अभियानलाई निष्कर्षमा पुर्‍याउने हाम्रो साझा अठोट छ’ एलायन्सले भनेको छ । - अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget