काठमाडौँ, असार २६ गते । सरकारले सङ्घीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ९सुनसरी० लाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक यान्त्रिक औजार खरिद गर्न रु २० करोड थप पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले नेपाल कानुन आयोगका अध्यक्षमा पूर्वसचिव माधव पौडेललाई नियुक्त गर्ने तथा इन्जिनियरिङ क्लस्टरबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
नेपाली सेनाका १० प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदस्थापन गर्नाका साथै १६ महासेनानी दर्जाका अधिकृतलाई विभिन्न एकाइमा सरुवा गर्ने निर्णय समेत भएको छ ।-
Post a Comment