Websoft University

www.radiomakalu.com || 021-522512


जर्मनीसँग बदला लिँदै फ्रान्स युरोकपको फाइनलमा


जर्मनीसँग बदला लिँदै फ्रान्स युरोकपको फाइनलमा
काठमाडौं , असार २४ गते । जर्मनीसँग ब्राजिल विश्वकपमा बेहोरको हारको बदला लिँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।
मार्सेमा भएको दोस्रो सेमिफाइनल भिडन्तमा एन्टेनियो ग्रिजम्यान नायक बन्दै दुई गोल गर्न सफल भएपछि फ्रान्सले विश्वविजेता जर्मनीलाई घरको बाटो देखाउँदै पोर्चुगलसँग उपाधि भिडन्त पक्का गरेको हो ।
खेलको शुरुबाटै आयोजकमाथि दबाब राखेपनि जर्मनलाई उसका घाइते स्ट्राइकर मारियो गोमेजको अभाव खड्कियो ।
घरेलु भूमिमा भएको युरोकपको फाइनलमा पुर्याउने क्रममा फ्रान्सका लागि पहिलो हाफको अन्तिम समयमा एन्टेनियो ग्रिजम्यानले पेनाल्टीबाट गोल गरे ।
जर्मनीका कप्तान बास्टियन स्वाइन्सटाइगरले डी बक्सभित्र हातले बललाई हानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
पेनाल्टीलाई सदुपयोग गरेका ग्रिजम्यानले जर्मन गोल रक्षक म्यानुअल नुयरलाई उल्टो दिशामा लडाउँदै जाली चुमाए । जारी युरोकपमा उनको यो पाँचौ गोल थियो ।
पहिलो हाफको अधिकांश समय जर्मनीले दबाब दिएपनि आजको खेलमा फ्रान्सका गोल रक्षक ह्युगो लोरिस उत्कृष्ट बचाऊ गरे । उनले गोल पोस्ट्मा खम्बाको काम गरिदिँदा जर्मनीले बल पोजिसन राम्रो बनाएको अवस्थामा पनि फ्रान्स जित निकाल्न सफल भयो ।
पहिलो हाफमा १–० को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा अर्को गोल थप्यो । खेलको ७२ औं मिनेटमा पाउल पोग्बाले जर्मनीको डी बक्समा अल्मल्याएर हानेको बल नुयको हातमा लागेर रिबाउन्ड भएको अवस्थामा ग्रिजम्यानले नै गोल गर्न सफल भए ।
नुयले पञ्च गरेर अगाडि फालेको बललाई दौडेर डी बक्समा पुगेका ग्रिजम्यानले प्रहार गरी जाली चुमाउन सफल भए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget