Websoft University

www.radiomakalu.com || 021-522512


कतारमा मनाइयो भानुजयन्ती

आदिकवि भानुभक्त आचार्य । फाइल तस्वीर

Bhanubhakta-Acharya
कतार , साउन २ गते । ‘भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल उदघोषका साथ नवोदित साहित्य वाचनालय कतारले २० २औँ भानुजयन्तीका अवसरसँगै आठौँ अधिवेशनसहित खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ कार्यकालका लागि सीताराम थापाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन भएका छन् ।

प्रथम उपाध्यक्षमा लेख कार्की, द्वितीय उपाध्यक्षमा ईश्वर शाही, मोबाइल पुस्तकालय संयोजकमा टीका खड्का, महासचिवमा दीप मिलन, सचिवमा राजन लामा, कोषाध्यक्षम दिलीप पराजुली र सहकोषाध्यक्षमा ईश्वर राई छन् ।

खुला कविता प्रतियोगिताा प्रथम इनोसेन्ट राजन, द्वितीय रुप रसाइली, तृतीय दीप मिलन तथा सान्त्वना निराजन लुइँटेल र उत्कृष्ट वाचक रेशम बस्नेत भए थिए । विजयीलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार रु तीन हजार र रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको समेत सहकार्य थियो ।




सो अवसरमा श्रेष्ठले प्रवासमा आएर पनि नेपाली भाषा र साहित्यको उत्थानमा साहित्यानुरागी तथा नेपाली समाज लागेकामा सन्तोष व्यक्त गरे । नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडेले नेपाली भाषा र साहित्यको विकासमा अझ बढी सशक्त रुपमा लाग्न सबैलाई आग्रह गरे ।- रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget