Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा नेपाल मोरंगमा नया जिल्ला कार्यसमिति चयन

विराटनगर , असार २० गते । राप्रपा नेपाल मोरङको जिल्लाको असार १२ गते को सम्पन्न जिल्ला अधिवेशनवाट नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई केन्द्रिय सदस्यहरुलाई राप्रपा नेपालका केन्द्रिय सहायक महामन्त्री प्रहलाद प्रसाद साहले एक समारोहका बीच पदभार ग्रहण गराउनु भयो ।




उक्त कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै श्री साहले राप्रपा नेपालको नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आउँदो समयमा राप्रपा नेपालको संगठन मोरङ जिल्ला भरि सशक्त रुपमा बढाउदै लगि राप्रपा नेपालको किल्लाको रुपमा प्रदर्शन गर्दै मोरंग जिल्लालाई प्रमाणित गर्न सकोस भन्ने विचार व्यक्त गर्नुभयो ।



 वहाँले नेपाललाई विश्वको एकमात्र हिन्दू राष्ट्र बनाउने र राजासहितको प्रजातन्त्र, राष्ट्रियताको पक्षमा उभिएको पार्टीलाई अब नया संगठनले एक नम्बरको पार्टी बनाउन कृतसंकल्पीत हुने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । सो समारोहमा पार्टीका केन्द्रिय सदस्यहरु केदार कोइराला, दिनेस साह, क्षेत्र नं.५का अध्यक्ष सुर्य लाल यादव , नव निर्वाचित सदस्यका तर्फबाट हरी दाहाल र विष्णु थापाले आफ्नो धारणा राख्नु भएको थियो  ।



नव निर्वाचित मोरङ जिल्ला अध्यक्ष माधव आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी राप्रपा नेपालका  सहायक महामन्त्री प्रहलाद प्रसाद साहले नवनिर्वाचित अध्यक्ष माधव आचार्यलाई माला र नवनिर्वाचित सदस्यहरुलाई टिका लगाई पदभार ग्रहण गराउनु भएको थियो । यसका साथै सो समारोहमा पार्टी कार्यलायको साँचो कार्यलय सचिव शम्भु भट्टराईले अध्यक्ष जिम्मा लगाउनु भयो । राप्रपा नेपाल को मोरगं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति पदाधिकारीहरुको नाम निम्न बमोजिम रहेको छ ।

अध्यक्ष

माधव  प्रसाद आचार्य

सदस्यहरु

१. उमा थापा
२. हरि प्रसाद दाहाल
३. विष्णु बहादूर थापा
४.मिरा गुरुङ
५.श्याम मुरारी
६.हिरा लाल सेञ्चुरी
७.मो. मुस्लीम मिया
८. पदमा थापा
९.शोभा श्रेष्ठ
१०. भोला मान सिंह कार्की
११.दयाशाली पन्त
१२. राजेन्द्र ढकाल
१३. ज्ञानेन्द्र ओली
१४.शोभा बस्नेत
१५. पवित्रा बजगाईं
१६. मदन घिमिरे
१७.योगेन्द्र संग्रौला
१८. मकरानन्द पराजुली
१९. छल माया खतिवडा
२०. डिल्ली विमली
२१. रानु देवी कायस्थ
२२. ज्ञानेन्द्र भट्टराई
२३. दिपक सुवेदी
२४. पन्ना लाल विश्वास
२५. कृष्ण प्रसाद घिमिरे
२६.टेक बहादूर साह
२७. प्रदिप सुवेदी



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget