Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री ओलीले महत्वपूर्ण काम गरेको एमाले सांसद वामदेव गौतमका दावी



नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीले आफनो कार्यकालमा महत्वपूर्ण काम गरेको बताउनुभएको छ । उहाँले अविश्वासको प्रस्ताव सरकार विरुद्ध या प्रधानमन्त्री ओली विरुद्ध हो भनि आफुले बुझन नसकेको बताउनुभएको छ ।


शनिबार व्यवस्थापिका संसदको अविस्वास प्रस्तावमाथिको छललफलमा नेता गौतमले अविश्वासको प्रस्ताव सरकार विरुद्ध भएको वा प्रधानमन्त्री विरुद्ध भन्ने कुरा प्रष्ट नभएको बताउनुभएको हो । उहाँले अविश्वासको प्रस्तावमा प्रधानमन्त्री असफल भनिएकोमा आपत्ति जनाउँदै ओली सरकारले आफ्नो कार्यकालमा महत्वपूर्ण काम गरेको र जनतामा आशा जगाउनु गलत नभएको दाबी समेत गर्नुभयो ।
नेता गौतमले आफ्नो पार्टीविरुद्ध, घनिष्ट मित्रको अविश्वास प्रस्ताव आएकोले दुःखी भएको र अविश्वासको प्रस्ताव आउन नदिन धेरै प्रयत्न गरिरहेतापनि सफल नहुँदा मर्माहत बनेको बताउनुभयो

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget