Websoft University

www.radiomakalu.com || 021-522512


थाई राजा भूमिबोलको मस्तिष्कबाट पानी निकालियो



थाइल्यान्ड– थाइल्यान्डका वयोवृद्ध राजा भूमिबोल अदुल्यादेजको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी निकालिएको थाइ दरबार स्रोतले आइतबार बताएको छ ।

भूमिबोलको मस्तिष्कमा पानी जम्मा भएपछि उनको स्वास्थ्यस्थितिप्रति सार्वजनिक वृतमा विशेष चासोका साथ चर्चा भएको थियो ।

अठासी वर्षीय राजा बुढ्यौली र रोगका कारण पछिल्लो समय ह्वीलचियरको सहयोगमा चलिरहेका छन् । पछिल्लो समयमा उनको स्वास्थ्यस्थितिप्रति सार्वजनिक रुपमा चासो व्यक्त गर्न थालिएपछि दरबारले उनको स्वास्थ्य स्थितिबारे पछिल्ला महिनामा नियमित जानकारी दिन थालेको हो ।

उनले करिब सात दशकदेखि थाइल्यान्डका राजाका रुपमा शासन गर्दै आएका छन् ।

वर्तमान समयमा धेरैजसो थाई नागरिकलाई भूमिबोल बाहेक अन्य राजाका बारेमा थाहा नभएको बताइन्छ ।

थाई नरेशले पछिल्ला दुई वर्षका धेरैजसो दिन बैंककस्थित अस्पतालमा बिताएका छन् ।

उनी ब्याक्टेरियाको सङ्क्रमण कारण श्वासप्रश्वास, मुटु र मस्तिष्कमा पानी जम्ने समस्या भएपछि चिकित्सकको सल्लाहबमोजिम नियमित रुपमा उपचार गराइरहेका छन् ।

उनको जुन ३० मा लिएको टाउकोको एक्सरेमा मस्तिष्कमा पानी जमेको भेटिएपछि शनिबार पाइपको सहयोगमा पानीलाई बाहिर निकालिएको हो । रासस\एएफपी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget