पाँचथर, साउन ६ गते । अविरल वर्षाका कारण पहिरो खस्दा पाँचथरको प्राङबुङमा एक ब्यक्तिको घर पुरिएको छ ।
मङ्गलबार रातिदेखि परेको अविरल वर्षासँगै आज बिहान पहिरो खस्दा प्राङबुङ–३ बस्ने जीवन राईको घर तथा छिमेकी चन्द्र लिम्बुको भान्सा पुरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।पहिरोले राईको ढुङ्गामाटोको जस्ताले छाएको घर भत्किँदा रु आठ लाख बराबरको क्षति भएको छ भने लिम्बुको बाँसको टाटीले बनेको भान्सा भत्किँदा २५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।- अनलाइनखबरबाट

Post a Comment