Websoft University

www.radiomakalu.com || 021-522512


न्यायाधीश पदको सुनुवाइ प्रारम्भ



काठमाडौँ, साउन १२ गते । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुको संसदीय सुनुवाइ प्रारम्भ भएको छ ।

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित हुनुभएका न्यायाधीश दीपककुमार कार्की र केदारप्रसाद चालिसेको सुनुवाइ भइसकेको छ ।

आजको बैठकमा शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हुने कार्यसूची रहेको छ ।

सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका सातजना न्यायाधीश र चारजना वरिष्ठ अधिवक्ताको नाम न्याय परिषद्ले प्रस्ताव गरेको छ । न्याय परिषद्ले प्रस्ताव गरी सिफारिस गरेका नामहरुउपर सुनुवाइ प्रारम्भ भएको हो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता भएसँगै सुनुवाइ समितिको बैठक केही समय धकेलिएकाकारण आजदेखि फेरि प्रारम्भ भएको हो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget