Websoft University

www.radiomakalu.com || 021-522512


विद्यार्थी फोहोर पानी पिउन बाध्य

 


डोटी, साउन ६ गते । डोटी जिल्लाको दिपायलमा अवस्थित सेती प्राविधिक शिक्षालयका विद्यार्थी फोहोर पानी पिउन बाध्य बनेका छन् ।

वर्षाका कारण समेत धारामा आउने पानी पूरै धमिलो भएका कारण उक्त पानी पिउनु परेको त्यहाँका विद्यार्थीको गुनासो छ ।

बुधबार मात्रै अनमी र जेटीएको प्रवेश परीक्षा दिन आएका विद्यार्थीका हातमा धमिला पानीका बोतल भेटिएका थिए । कैलालीको टीकापुरबाट आएकी सञ्जु चौधरीले भन्नुभयो— बजारबाट मिनिरल वाटर लिएर आएको, सकियो, अब यस्तै पानी पिउनु प¥यो । देख्दासमेत घिनाउँदो पानी पिउँदा यहाँका विद्यार्थीलाई कतिसम्मको पिडा भएको होला ? चौधरीले प्रश्न गर्नुभयो ।

प्रवेश परीक्षा दिन आएका हजारौँ विद्यार्थी त्यहाँस्थित धारामा आउने धमिलो पानी पिइरहँदा सेती प्राविधिक शिक्षालयका प्रमुख वृहस्पती कँडेलले भने त्यो पानी भाँडा माझ्ने पानी भएको र विद्यार्थीलाई पिउन प्रत्येक कोठामा फिल्टर जडान गरी पिउनयोग्य पानी दिएको बताउनुभयो । साथै, कँडेलले शिक्षालयका कुनै पनि विद्यार्थीले फोहोर पानी पिउन नपरेको दाबी पनि गर्नुभयो ।

तर धेरै विद्यार्थी त्यहाँस्थित धाराको पानी पिउन बाध्य बनेका थिए । अनमीको परीक्षा दिन आएकी डोटीको चवरा चौताराकी कल्पना कुडमालले असाध्यै तिर्खा लागेपछि उक्त पानी पिउनु परेको गुनासो गरिन् । पिउँदासमेत हरियो घाँस जस्तो गन्हाउने पानी आँखा चिम्लेर खाएको उनको भनाई छ ।

पत्रकार चक्र मल्लका अनुसार छात्राबासमा बस्ने विद्यार्थीले बर्सेनि शुद्ध पिउने पानीको अभाव खेप्नुपरेको छ । कार्यरत कर्मचारीका कोठाहरुमा शुद्धपानी भएता पनि विद्यार्थीले भने सामान्यतया धमिलो र फोहोर पानी पिइरहनु परेको त्यहाँका विद्यार्थीले राससलाई जानकारी दिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget