Websoft University

www.radiomakalu.com || 021-522512


श्रीमातीले श्रीमानविरुद्व बलात्कार मुद्दा दर्ता गरेपछि

श्रीमातीले  श्रीमानविरुद्व बलात्कार मुद्दा दर्ता गरेपछि…

राजविराज,साउन ११ गते । सामाजिक परम्परा अनुसार सामान्यतया विवाहपछि पतिपत्निका विच यौन सम्वन्ध स्थापित हुनु स्वभाविक हो । यहि समाजिक पराम्परा अनुसार हाम्रो समाज पनि अघि वढिरहेको छ । तर, पछिल्लो पटक आफ्नै पत्निले पतिविरुद्ध बलात्कार आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।

प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको कुशहा गाविस–७ वस्ने सुलेमान मियाका छोरा २५ वर्षिय हजरत मियाँ विरुद्ध यस्तो उजुरी दर्ता भएको हो ।
उजुरी अनुसार विवाहपछि सुलेमानले मादक पदार्थ सेवन गरी अश्लित चलचित्र देखाउँदै पटक–पटक पत्निमाथि करणी गर्दै आएका थिए । पतिको हिंश्रक कृयाकलापवाट आजिज भएर पछिल्लो समय माईतीमै वस्दै आएपनि सुलेमानले आफनो हकर्त जारी नै राखेको उजुरीमा उल्लेख गरिएको छ । पछिल्लो पटक गत असार २५ गते मध्यराती घरभित्र छिरेका सुलेमानले आफुमाथि जवर्जस्ति गर्न थालेपछि आफु चिच्याएको र छिमेकीहरु भेला हुन थालेपछि भागेको भन्दै उनले आफनो रक्षाका लागि प्रहरीसँग गुहार मागेकी छिन् ।
युवतीको उजुरीका आधारमा सप्तरी प्रहरीले हजरतलाई गत शुक्रवार नियन्त्रणमा लिएको छ । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी दानवहादुर कार्कीका अनुसार हजरत विरुद्ध जवरजस्ति करणी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको छ ।- विद्यानन्द विक्की, रतोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget