Websoft University

www.radiomakalu.com || 021-522512


जोखिम मोलेर सुरक्षासहितको सेवा दिँदै साझा यातायात



काठमाडौँ, मुलुकमा विभिन्न समयमा हुने बन्द, हड्ताल र नाकाबन्दीको कुनै पर्वाह नगरी साझा यातायात सुरक्षासहितको सेवा दिएर जनताको सारथी बन्दै आएको छ ।




बन्द हड्तालका बेला अन्य निजी सवारी साधन ठप्प हुँदासमेत जोखिम मोलेर साझाले आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दमा साझाले आफ्ना १६ वटा बसमार्फत काठमाडौँ उपत्यकामा बिहानैदेखि निर्वाध सेवा दिइरहेको छ ।

यात्रु र बसको सुरक्षाका लागि बन्दका बेला बसभित्र प्रहरी बसालेर सेवा दिँदै आएको साझाका कामु कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

केही समयअघि नाकाबन्दीका कारण इन्धन अभाव भएर सहज रूपमा यातायातका साधन सञ्चालन हुन नसक्दा पनि साझाले सेवा दिएको थियो ।

लामो समय बन्द रहेर २०७० सालदेखि पुनः सञ्चालनमा आएको साझा यातायात सङ्कटका बेला आमनागरिकको सहयोगी बन्दै आएको छ ।

साझा बसले विद्यार्थीका लागि रु १० र अन्य नागरिकका लागि रु १५ निर्धारण शुल्क लिँदै आएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget