Websoft University

www.radiomakalu.com || 021-522512


अविरल वर्षाका कारण थुप्रै घर डुबानमा



इटहरी, रातभर परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको विभिन्न खोलामा आएको बाढीले बस्ती तथा गाईगोठसमेत डुबान गरेको छन् ।

सुनसरीको अमडुवा–५ का विजय गुरुङको गोठमा बाँधेको दुई गोरु र एक गाईको डुबेर मृत्यु भएको छ ।


वर्षाकै कारण अमडुवा–७ २२ घर ५ मा २७ घर र ४ मा १४ घर डुबानमा परेका छन् । स्थानीय धमुना खोलामा आएको बाढीका कारण डुबान भएको हो । यसैगरी टेङ्ग्रा खोलामा आएको बाढीका कारण अमाहीबेला–४ मा ३४ घर र ५ मा २२ घर डुबानमा परेका छन् ।



जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको तथ्याङ्कमा उल्लेख भएअनुसार पश्चिम कुशाहा–९ मा पानीको निकास नहुँदा नौ घर जलमग्न बन्न पुगेको छ । यता बूढीखोलामा आएको बाढीले अमाहीबेलाहा–८ मा पनि केही डुबानमा परेको छ ।



घर गोठ डुबानमा परेपछि मानिस भने अग्लो स्थानतिर सरेका र चौपायालाई खुला छाडिदिएको बताइएको छ । घर डुबानमा परेपछि खाद्यान्न र लत्ताकपडासमेत भिजेकाले समस्या परेको छ ।



प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार आज बिहान ६ बजे सप्तकोसी नदीमा दुई लाख २२ हजार ९०५ क्युसेक प्रतिसेकेन्ड बाढी मापन भएको छ । बाढी निकासका लागि ब्यारेजका ३० ढोका खुल्ला गरिएका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget