Websoft University

www.radiomakalu.com || 021-522512


जवान रहन नियमित ओखरको सेवन

ओखर प्रोटिनको सबैभन्दा राम्रो श्रोत त हो नै यसले जिउबाट हानिकारक कोलेस्ट्रोल निकाल्नमा पनि मद्धत गर्दछ ।
यसमा ओमेगा थ्री फ्याट्टी अम्ल भरपूर मात्रमा पाइन्छ जसको एन्टी इन्फ्लामेटरी गुणवत्ताका कारण उच्च रक्तचापको खतरा पनि क मगर्न सहयोग मिल्दछ ।
हालै भएको एक अध्ययन अनुसार नियमित रुपमा ओखरको सेवन गर्ने महिलामा शारीरिक समस्याहरुको सम्भावना निकै कम देखिने गरेको छ । साथै नियमित ओखरको सेवनले बुढ्यौलीका लक्षण छिटो देखापर्ने समस्यालाई पनि कम गरिदिन्छ ।
ओखरमा पोलीअनस्याचुरेटेड फ्याट पाइन्छ जसमा वनस्पतीमा आधारित ओमेगा थ्री फ्याट्टी एसिड, अल्फा लिनोलेनिक एसिड एएलए पनि सामेल हुन्छ । एक औँश अर्थात् २८.५ ग्राम ओखरमा २.५ ग्राम ए एलए पाइन्छ ।
अमेरिकाको बि्रघम एण्ड विमन हस्पिटल तथा हार्वड मेडिकल स्कूलका प्राध्यापक फ्रान्सिन ग्रोडस्टिन भन्छन्ः अधिकांस अध्ययनहरु उमेर बढेसँगैको मधुमेह तथा मुटुरोग जस्ता समस्यामा गरिने अध्ययनसँग सम्बन्धित हुन्छन् । तर बुढ्यौलीको बारेमा गरिने अध्ययनको कमी छ । उनका अनुसार ओखरसँगै फलफूल तथा सागसब्जीको पर्याप्त सेवन, चिनीयुक्त खानेकुरा कम खाने, बोसो तथा सोडियमको सेवन पनि क मगर्ने र रक्सी कम खाने गर्नाले छिटो बुढ्यौलीको लक्षण देखिने समस्या कम हुन्छ ।
जर्नल अफ न्युटि्रसन नामक पत्रिकामा छापिएको पछिल्लो अध्ययनका क्रममा झण्डै ५५ हजार जना महिलालाई सहभागी गराइएको थियो । शोधकर्ताका अनुसार जिउलाई जवान राख्न लागि ओखरको सेवनसँगै स्वस्थ खानपान र सन्तुलित जिवनशैलीको पनि खाँचो हुन्छ ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget